खाद्यको खसीबोका आइतबार मात्रै बजारमा

काठमाण्डु टुडे २०७१ असोज १० गते २:४० मा प्रकाशित

काठमाण्डु, १० असोज– नेपाल खाद्य संस्थानले आइतबारदेखि दसैंका खसीबोका बेच्ने भएको छ । बिहीबारदेखि नै सुरु गर्ने योजना रहेकोमा संकलन गरी ल्याउन समय khasi-boka2लागेकाले बिक्री ढिलो भएको संस्थानले जनाएको छ ।
दसैंलाई संस्थानले उपत्यकामा ३ हजार चार सय खसीबोका आयात गर्दैछ । माग र खपत हुने बजार हेरेर खसी बोका ल्याउन लागेको संस्थानका प्रवक्ता नवराज उपाध्यायले बताए । यस वर्ष बिक्री केही ढिलो सुरु गरे पनि संस्थानले उपलब्ध गराउने खसीबोका पर्याप्त हुने उनले बताए । खसीबोकाको मूल्यसमेत तोक्न बाँकी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us