संविधान निर्माणमा सहमति जुटाउन भट्टराई पुगे ओली निवासमा

काठमाण्डु टुडे २०७१ असोज ९ गते ८:११ मा प्रकाशित

काठमाण्डु, ९ असोज – एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत माओवादी नेता बाबुराम भट्टराईबीच भेटघाट भएको छ ।

kp-baburam1संविधानसभा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति समेत रहेका भट्टराईले संविधान निर्माणमा सहमति जुटाउन एमाले अध्यक्ष ओलीसँग भेटघाट गरेका हुन् ।

बिहीबार बिहान ओली निवास बालकोटमा पुगेर भट्टराईले असोज १४ गतेभित्रै संविधान निर्माणमा सहमति जुटाउन बाँकी रहेका विषयमा पनि सहमति कायम सबैले पहल गर्नुपर्ने भन्दै ओलीलाई सहयोग गर्न माग गरेका छन् ।

उनले दलहरुबीच सहमति कायम गराउन सकारात्मक भूमिका निर्वाह गरिदिन एमाले अध्यक्ष ओलीलाई आग्रह गरेको स्रोतले जनाएको छ ।

एमाओवादी नेता भट्टराईले लामो समय संसदको अवरोध कायम रहन नहुने भन्दै संसद खुलाउने भूमिका खेल्न पनि ओलीलाई आग्रह गरेका छन् ।

उनले सबैलाई मान्य हुने खालको सहमति कायम गरि संसद सुचारु गर्न ओलीलाई आग्रह गरेका हुन् । उनले बिहीबार नै साना दलसँग पनि छलफल गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us