काठमाण्डु, ९ असोज– एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत सबैलाई बडादसैंको शुभकामना दिएका छन् ।
हिन्दू नेपालीहरुले महान चाड दसैंको पहिलो दिन घटस्थापना गरिरहेका बेला ओलीले फेसबुकबाट शुभकामना बाँडेका छन् ।
ओलीले सबैको जीवनमा शान्ति, ओठमा हाँसो तथा दुर्गामाताको आशिर्वादले सोचेको पूरा होस् भन्ने कामना गरेका छन् ।
ओलीले फेसबुकमा लेखेका छन्,
‘विजया दशमी शुभारम्भ:
शान्ति रहोस् जीवनमा
ओठमा हाँसो छाओस्
दुर्गामाताको आशीर्वादले
सोचेजस्तै पुग्दै जाओस्
पुकार्दै मनले नवदुर्गालाई गरेर मनको कामना
सबैलाई मेरो यो दसैँको शुभकामना !!’