सिटिजन्स बैंकको ४७ औं शाखा धरानमा

काठमाण्डु टुडे २०७१ असोज ९ गते ६:०९ मा प्रकाशित

धरान, ९ असोज– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धरानमा आफ्नो ४७ औं शाखा सञ्चालनमा ल्याएको छ  ।
citizenबैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले पूजापाठ गरी शाखाको आरम्भ गरेका हुन् । नयाँ शाखाबाट ग्राहकले बिहीबारबाटै एटीएम तथा लकर सुविधालगायत सम्पूर्ण सेवा प्राप्त गर्ने बैंकले जनाएको छ ।
उक्त शाखाबाट साना तथा मझौला उद्योग, कृषि कर्जालगायत प्राथमिकता दिने तथा फास्ट ट्रयाक लोन तथा सुन कर्जाजस्ता सुविधा दिइने बैंकले जनाएको छ । उक्त बैंकले पूर्वाञ्चलको विराटनगर, विर्तामोड, गाईघाट, इटहरी तथा भोजपुरबाट बैंकिङ सेवा दिदैं आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us