विभिन्न बहानामा सर्वसाधारण ठगी गर्ने पक्राउ

काठमाण्डु टुडे २०७१ असोज ९ गते ५:३४ मा प्रकाशित

बागलुङ, ९ असोज– विभिन्न बहानामा लामो समयदेखि सर्वसाधारणालई ठगी गर्दै हिंड्ने एकजना पक्राउ परेका छन् ।
thagगुल्मी जिल्ला पौदीउमराई–८ का ३७ वर्षीय तुलबहादुर विक बागलुङमा प्रकाउ परेका हुन् । उनले अर्काको नामको जग्गा झुक्याएर बेच्ने, जागिर लगाइदिने भन्दै पैसा असुल्ने जस्ता ठगी धन्धा गर्दै आएका थिए ।

उनले नाम परिवर्तन गरेर केही समयदेखि बागलुङ बजारमा इन्टरनेशनल फिजिकल एजुकेशन नामक अवैधानिक संस्था सञ्चालन गर्दै आएका थिए । उनले बागलुङ बजारमा क्रिस्चियन धर्म प्रचारको कामसमेत गर्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय बागलुङका नायव उपरीक्षक प्रेमबहादुर बस्नेतले विकलाई बुटवल पठाउने तयारी भइरहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us