पारसले अंश मागेपछि भएको थियो ज्ञानेन्द्रलाई हृदयघात

काठमाण्डु टुडे २०७१ असोज ९ गते ४:४९ मा प्रकाशित

काठमाण्डु, ९ असोज–पूर्वराजा ज्ञानेन्द्र शाह हृदयघातले ढल्नुअघि देश फर्किन लागेका छोरा पारसबारे चिन्तित थिए ।
ganendraनिर्मल निवास स्रोतका अनुसार अंश लिएर छुट्टिने छोराको जिद्दीका कारण उत्पन्न तनावले नै हो, ज्ञानेन्द्रलाई गालेको । तर हृदयघातको खबरपछि दशैंअघि नै काठमाण्डु फर्किने पारसको योजना रद्द भएको छ ।
सुरुमा घरमै चिकित्सक बोलाएर ज्ञानेन्द्रले उपचार गराए । तर मुटुको धमनी पूर्णतः अवरुद्ध भएपछि रातारात नर्भिक अस्पताल पुर्‍याइयो । पूर्वमानार्थ शाही पाश्र्ववर्ती भरतकेशर कराउँदै थिए ,‘पर्दैनपर्दैन, महाराजलाई अस्पताल लगेर रमिता देखाउँनु पर्दैन, जे–जे उपचार गर्ने हो यतै डाक्टर बोलाएर गरौं ।’

तर घरमा पुगेका चिकित्सकले नै पोष्टबहादुर बोगटीको पछिल्लो उदाहरणसहित अस्पताल नलगे एक घण्टाभित्र प्राण जाने चेतावनी दिएपछि नर्भिक लगिएको हो । मध्यराति नर्भिक पुगेका भरतकेशरले त्यसबेला मात्र स्वीकारे,‘ हो सरकारको अवस्था त क्रिटिकल नै भा रैछ ।’
अहिले निर्मल निवासमै आराम गरिरहेका ज्ञानेन्द्रलाई तनाव होला भनेर टेलिभिजन, पत्रपत्रिका र धूमपानबाट टाढा राखिएको छ ।
जनआस्था साप्ताहिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us