प्रचण्डकी नातिनी स्मिताको नयाँ एल्बम आजदेखि बजारमा

काठमाण्डु टुडे २०७१ असोज ९ गते ४:१७ मा प्रकाशित

काठमाण्डु, ९ असोज– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मिता दाहाल प्रधानको  नयाँ एल्बम बजारमा आउने भएको छ ।
smitaउनको दोश्रो एल्बम स्मिताको आज काठमाण्डुमा विमोचन हुँदैछ ।

संगीतकार संघ नेपालको आयोजनामा नयाँबानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा दिउँसो तीन बजे हुने कार्यक्रममा एमाओवादी अध्यक्ष प्रचण्ड, नेता बाबुराम भट्टराई, नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य, एमाले नेता माधवकुमार नेपाल र काँग्रेस महामन्त्री कृष्ण सिटौलाले संयुक्त रुपमा एल्मबको विमोचन गर्ने छन् ।

कार्यक्रममा राष्ट्रिय स्तरमा ख्यातीप्राप्त संगीतकर्मीहरुको उपस्थिति रहने आयोजकले जनाएको छ ।  स्मिताको एकल स्वरमा रहेको उक्त एल्बममा पाँचवटा आधुनिक गीत समावेश गरिएका छन् ।

महाराज थापाले संयोजन गरेको एल्बममा डा. कृष्णहरि बराल,  डा. भोला रिजाल, आनन्द अधिकारी, चेतन सापकोटा, रमेशराज भट्टराईका शब्द तथा गैरे सुरेश, वसन्त सापकोटा, शिखर सन्तोष,  चेतन सापकोटा र रमेशराज भट्टराईले संगीत दिएका छन् ।

ए वन म्युजिसियन रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको उक्त एल्बम भाइब्स क्रियसन प्रालिले बजारमा ल्याएको संगीतकार संघ नेपालका सचिव चेतन सापकोटाले जानकारी दिए ।

स्मिताले यसअघि ५ वर्ष पहिला आजैका दिन ११ वर्षको उमेरमा पहिलो एल्बम स्मिता बजारमा ल्याएकी थिइन् । काठमाण्डु टुडेसँग कुरा गर्दै स्मिताले आफ्नो अघिल्लो एल्बम स्मिताको सफलताले आफूलाई अर्को एल्मब ल्याउन प्रेरित गरेको बताइन् ।

‘नेपाली श्रोताहरुले मेरो बालगीत स्मितालाई धेरै मन पराइदिनुभयो’, उानले भनिन्, ‘चारैतिरबाट संगीतकर्मीले गाउन प्रेरणा दिनुभयो, श्रोताहरुले पनि अर्को आधुनिक एल्मबको अपेक्षा गर्नुभयो, त्यसैले स्मिता–२ ल्याएको हुँ ।’  १६ वर्षीया स्मिता कक्षा ११ मा विज्ञान विषयमा अध्ययानरत छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us