
काठमाण्डु, ८ असोज– पोखरामा वाटर टच बन्जी गर्न गएकी अभिनेत्री सुष्मा कार्की डराएर रुँदै फर्केकी छिन् ।
जम्प गर्न टावरमा पुगेपछि उनी डराएकी हुन् । जसकारण उनी आधा घण्टासम्म रुँदै त्यही बसिन ।
बन्जी गर्न जानुअघि तामझामका साथ साहसिक हुँदै विभिन्न पोजमा फोटो खिचाएर हल्ला गर्दै टावर पुगे पनि उनमा आँट आएन । उनले हाम फाल्न पाँचौ पटक सम्म प्रयस गरेकी थिइन । रिंगाटा लागेकाले हामफाल्न उचित नठानेको उनले बताइन ।