वैद्यखानाकै औषधिमा ब्याक्टेरिया

काठमाण्डु टुडे २०७१ असोज ८ गते ३:११ मा प्रकाशित

काठमाण्डु, ८ असोज–सरकारी स्वामित्वको सिंहदरबार वैद्यखानाद्वारा उत्पादित आयुर्वेदिक औषधिमा मानव शरीरलाई हानी पुर्‍याउने व्याक्टेरिया भेटिएको छ ।

औषधि व्यवस्था विभागले गत आर्थिक वर्ष गरेको परीक्षणमा पाँचवटा औषधिमा  ‘इकोलाई, साल्मोनेला’ जस्ता ब्याक्टेरिया भेटिएको हो ।

वैद्यखानाले उत्पादन गरेका पुस्यानुग चुर्ण (इसपीवाई ०३), चनानदी चुर्ण (एससीसी१३), स्रिङयादी चुर्ण (एसएसआर१२) यास्थिमान्ढु चुर्ण (एसवाइसी १५) र हिङ भाष्टक चुर्ण (एसएचसी ४२) मा इकोलाई तथा साल्मोनेला ब्याक्टेरिया भेटिएका हुन् ।

आर्थिक वर्ष २०७०/०७१ मा नमुना परीक्षण गर्दा ती औषधिमा झाडापखाला तथा टाइफाइड गराउने व्याक्टेरिया भेटिएको विभागका महानिर्देशक गजेन्द्र भुजूले जानकारी दिए ।
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us