कसले राजनीति सिकाएको भन्दै सभासद र शिक्षकबीच जुहारी

काठमाण्डु टुडे २०७१ असोज ७ गते १४:१५ मा प्रकाशित

काठमाण्डु, ७ असोज– शिक्षकहरूलेराजनीति गर्न नहुने बताउँदै आएका सभासद्हरूका लागि विभिन्न शिक्षकनेताहरूले पार्टी र सभासद्ले नै आफूहरूलाई कार्यकर्ता बनाउने गरेको गुनासोगरेका छन् ।

व्यवस्थापिका-संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिअन्तर्गतको शिक्षा उपसमितिको आजकोबैठकमा विभिन्न पार्टी निकट मानिने शिक्षक सङ्घ सङ्गठनका पदाधिकारीलेत्यस्तो गुनासो पोखेका हुन् ।

शिक्षा क्षेत्रका विद्यमान समस्या बुझ्नेक्रममा शिक्षक सङ्घ सङ्गठनको धारणा बुझ्न उपसमितिले सो बैठकको आयोजना गरेकोथियो । शैक्षिक गुणस्तर खस्कनुका कारणबारे सोध्दा शिक्षकहरूले पार्टीकानेता र सभासद्प्रति नै औँला तेस्र्याएपछि सभासद्ले पनि ‘राजनीति त गर्नुस्तर त्यसका नाममा दादागिरी नगर्नुस्’ भनेर विषयलाई साम्य पार्न खोजे ।

समितिका सभापति रञ्जुकुमारी झालेराजनीतिका नाममा दादागिरी गरेर शिक्षा क्षेत्रलाई अस्तव्यस्त नपार्न आग्रहगरिन् । उनले भनिन्-“यसरी दादागिरी जारी राख्ने हो भने शिक्षकका जनवर्गीयसङ्गठनका रूपमा शिक्षक सङ्गठन बन्द गर्दा पनि हुन्छ ।”

समितिका सदस्य अग्निप्रसाद सापकोटालेशिक्षकले जनताका लागि सच्चा राजनीति गरेको भए त्यसलाई उपर्युक्त मान्नसकिने तर त्यसका नाममा दादागिरी गर्न नहुनेमा जोड दिए । उपसमितिका संयोजकडा. गणेशमान गुरुङले पनि शिक्षाका सरकारी निकायबाटै शैक्षिक गुणस्तरखस्कनुमा शिक्षकले राजनीति गरेको भन्ने आरोप लागेकाले यसमा छलफल गरिएकोबताए ।

नेपाल शिक्षक सङ्घका अध्यक्ष केशवनिरौलाले लोकतन्त्रमा शिक्षकले आफ्नो श्रमिक अधिकारका लागि लड्न पाउनेभन्दै आफूहरूले विद्यालयको कार्यक्षेत्रमा राजनीति नगरेको बताए।

कार्यक्षेत्रभन्दा बाहिर राजनीति वासमाजसेवा जे गर्न पनि पाइने भन्दै उनले शिक्षकलाई पार्टीहरूले नैकार्यकर्ता बनाउन खोजेको टिप्पणी गरे ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका महासचिवलक्ष्मण शर्माले दलहरूले नै शिक्षकलाई भ्रातृ सङ्गठनको सूचीबाट हटाएआफूहरूमाथि लाग्ने आरोप स्वतः बन्द हुने बताए ।

बैठकमा अखिल नेपाल शिक्षक सङ्गठनकाअध्यक्ष रत्नबहादुर वली, उच्चमावि शिक्षक सङ्घका अध्यक्ष दीपकसुवेदीलगायतले संवैधानिक शिक्षा आयोग गठन हुनुपर्ने, शिक्षकहरूको नियुक्तिएकै प्रकारबाट हुनुपर्ने सुझाव राखेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us