राष्ट्रिय अनुसन्धानको डिएसपी भन्दै रकम ठगी गर्ने पक्राउ

काठमाण्डु टुडे २०७१ असोज ७ गते १४:०२ मा प्रकाशित

काठमाण्डु, ७ असोज– आफूलाई राष्ट्रिय अनुसन्धान विभागको डीएसपी बताउँदै ठगी गर्ने युवक पक्राउ परेका छन् ।
Deepak-dhakalपक्राउ पर्नेमा गोरखा तान्द्राङ–२ का ३१ वर्षीय दिपक ढकाल रहेको प्रहरीले जनाएको छ । उनले आफूलाई राष्ट्रिय अनुसन्धानको डिएसपी नवीनसिंह खड्का भन्दै ठगी गर्दै हिंडेका थिए ।

पक्राउ परेका ढकालको साथबाट ७५ हजार नगद, राहदानी, विभिन्न बैंकका चेक बरामद भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले जनाएको छ ।

ढकालले विभिन्न व्यक्तिलाई टेलीफोन गरी गोरखाकै एक  बेसहारा बालकको मुटुको सर्जरी गर्न पैसा चाहिएको भन्दै रकम असुली गर्ने गरेको खुल्नमा आएको छ ।

सिआईबीले ढकाल विगत चार वर्षदेखि त्यस्तो ठगी धन्धामा संलग्न रहेको बताएको छ । उनले विभिन्न बहानामा आइएमईमार्फत रकम पठाउन लगाएर लिने गरेको अनुसन्धानबाट खुलेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us