हिंड्दाहिंड्दै जन्मिएको शिशुको टाउको ठोक्किएर मृत्यु

काठमाण्डु टुडे २०७१ असोज ७ गते १३:४९ मा प्रकाशित

वीरगन्ज, ७ असोज– वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको लापरबाहीका कारण एक नवजात शिशुको ज्यान गएको छ ।
अस्पतालमा प्रसुति गराउन आएकी रौतहट सन्तपुरकी भगवती चौधरीले जन्माएको बच्चा चिकित्सकको लापरबाहीका कारण मरेको हो ।

चिकित्सकले भिडियो एक्सरे गराउन सल्लाह दिएपछि श्रीमानको सहयोगमा महेन्द्र आरोग्य भवनतर्फ जाने क्रममा भगतवीले बच्चा जन्माएकी थिइन् ।

अस्पतालले ह्विलचेयर वा स्टेचर व्यवस्था नगरेका कारण घटना भएको भन्दै पीडित परिवारले आक्रोश पोखेको छ । बाटोमा खसेको शिशुको टाउकामा चोट लागेर तत्काल मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार नै सोही अस्पतालमा भिडियो ए–क्सरेका लागि जाँदा गर्दा अर्की महिलाले पनि बाटैमा शिशु जन्माएकी थिइन् । ती शिशु भने समान्य घाइते भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us