नन्दप्रसाद र गंगामायाको अनसन असान्दर्भिक: सरकार

काठमाण्डु टुडे २०७१ असोज ७ गते १३:२७ मा प्रकाशित

काठमाण्डु, ७ असोज– सरकारले खाना र चिकित्सकले सिफारिस गरेको औषधी सेवन नगर्दा गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको निधन भएको जनाएको छ ।

nanda prasad
प्रधानमन्त्री कार्यालयका सचिव राजुमान सिंह मल्लले मंगलबार विज्ञप्ति जारी गरी यस्तो बताएका हुन् । विज्ञप्तिमा सरकारका तर्फबाट अधिकारीको जीवन रक्षाका लागि हरसम्भव प्रयास गरेको उल्लेख छ ।

द्वन्द्वकालमा मारिएका छोरा कृष्णप्रसादका हत्यारामाथि कारबाहीको माग गर्दै वीर अस्पतामलमा आमरण अनसन बसेका अधिकारीको सोमबार निधन भएको थियो । विज्ञप्तिमा नन्दप्रसादकी पत्नि गंगामायालाई समेत अनसन तोड्न आग्रह गरिएको छ ।

विज्ञप्तिमा अनसन त्याग्न र मुलुकको प्रचलित कानून तथा न्यायिक प्रक्रियामा विश्वास गर्दै सोही अनुसार न्याय प्राप्तिका लागि अग्रसर हुन आग्रह गरिएको छ ।

बस्नेतको विज्ञप्तिमा हत्यामा संलग्न रुद्र आचार्य देशबाहिर रहेको र उनलाई झिकाउन इन्टरपोलमार्फत नोटिस जारी गरिसकेको भन्दै अनसनलाई असान्दर्भिक भनिएको छ । विज्ञप्तिमा पीडकलाई कानून बमोजिम कारबाही तथा पीडितलाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us