देश टुक्र्याउँछु भन्नेलाई छाड्न माग गर्दै मधेस बन्द घोषणा

काठमाण्डु टुडे २०७१ असोज ७ गते १२:४३ मा प्रकाशित

काठमाण्डु, ७ असोज– तराईलाई नेपालबाट अलग गर्नुपर्ने अभियान चलाएका सीके राउतको रिहाईको माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा भएको छ ।

सीके राउत रिहाइ संघर्ष समितिले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी २४ घण्टाभित्र उनलाई रिहा गर्न अल्टिमेटम दिएको हो । पत्रकार सम्मेलनमा बुधबार बिहान ९ बजेदेखि १० बजेसम्म काठमाण्डुसहित मधेसका २२ वटै जिल्लामा एक घण्टा चक्काजाम र शुक्रबार मधेस बन्द घोषणा गरिएको छ ।

अभिव्यक्ति स्वन्त्रताको ग्यारन्टी गरिनुपर्ने, राउतको नि:शर्त रिहा गरिनुपर्ने र मधेसमा अहिंसात्मक आन्दोलनमा प्रहरी दमन बन्द गरिनुपर्ने लगायत माग राखेको छ ।

समितिले पहिलो चरणको आन्दोलनअन्तर्गत मंगलबार मधेसका बाइस जिल्ला र काठमाण्डुमा विरोध र्‍याली निकालेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us