काठमाण्डु, ७ असोज– व्यवस्थापिका–संसदको मंगलबारको बैठक एमाले नेतृ साहना प्रधानको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ ।
सभाध्यक्ष सुवास नेम्वाङले संसद बैठकमा बाम आन्दोलनकी अगुवा एवम् पूर्वसांसद प्रधानको निधनमा शोक प्रस्ताव पेश गरेका थिए ।
बैठकले सर्वसम्मतिले प्रस्ताव पारित गरेको छ । लामो समयदेखि हृदयघात र पक्षघातले थलिएकी प्रधानको ८६ वर्षको उमेरमा सोमबार राति राजधानीको बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । प्रधानको मंगलबारै अन्त्येष्टि गरिएको छ ।