
एजेन्सी– पहिरनका कारण सधैं चर्चामा आइरहने चर्चित अमेरिकी पप स्टार लेडी गागाले पछिल्लो पटक सबैलाई चकित पारेकी छन् ।
उनी जब आफ्नो प्रस्तुतिका लागि ग्रीसको विमानस्थलमा झरिन् तब उनका समर्थक उनलाई आँखा चिम्मसम्म नगरी हेरेकोहेर्यै भए । उनी अत्यन्तै पारदर्शी स्कर्टमा दिइन् । शरीरका अधिकांश भाग देखिएका थिए । त्यसो त दर्शक र समर्थकसामु नयाँनयाँ रुपमा देखिनु उनको विशेष रुची नै हो ।
उनी एथेन्समा समर्थक र सञ्चारकर्मीमाझ प्रस्तुत हुँदा अग्लो हिलका साथ पारदर्शी फ्रक र पारदर्शी ब्रा लगाएकी थिइन् । समर्थकको खुसीका लागी गागाले सोही परिहनमा नृत्यका साथ प्रस्तुति दिएकी थिइन् ।