माल्भिका भन्छिन्, ‘लुगा लगाएपछि केही देखिन्छ कि भनेर १० पटक चेक गर्छु’

काठमाण्डु टुडे २०७१ असोज ७ गते २:५४ मा प्रकाशित

काठमाण्डु,  ७ असोज– पूर्वमिस नेपाल माल्भिका सुब्बाले कुनै पनि सार्वजनिक कार्यक्रममा जाँदा केही देखिन्छ कि भनेर १० पटकसम्म सोच्नुपर्ने अवस्था आएको भन्दै malvikaगम्भीर बहसको थालनी गरेकी छन् ।
पछिल्लो समय ग्लामर क्षेत्रमा संलग्न महिला कलाकारको पहिरनलाई लिएर गरिएको टिकाटिप्पणीप्रति गुनासो गर्दै नायिकासमेत रहेकी माल्भिकाले यस्तो विचार राखेकी हुन् ।
‘कुनै कार्यक्रममा जाँदा लुगा लगाएपछि १० पटक चेक गर्नुपर्छ, कतै केही देखिन्छ कि भनेर’,एनसेल लिटरेचर फेस्टिभलको अन्तिम दिन सोमबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा माल्भिकाले भनिन् ।

कार्यक्रममै सहभागी अर्की नायिका प्रियंका कार्कीले पनि मिडियाले आफ्नो खेदो गरे पनि मिडियाविरुद्ध जाइलाग्न नसकेको दुःखेसो पोखिन् । ‘सेलिब्रेटी गसिप’ शीर्षका सहभागी नायिकाद्वयले गसिपको बहानामा आफूहरु निसानामा परेको तितो यथार्थता पोखे ।

नारीको शरीर सुन्दर हुन्छ भन्नेमा विश्वभर चर्चा हुन्छ भन्दै प्रियंकाले नेपालमा क्यामेराको लेन्स महिला संवेदनशील अंग गुप्तांगमा तेर्सिन थालेको भन्दै चिन्ता व्यक्त गरिन् ।

विश्वभरकै क्यामेरा मेनले महिलाको शरीरलाई टार्गेट गरेको भन्दै माल्भिकाले कतिपय समाचार एकतर्फी रुपमा लेख्ने गरेको आरोप समेत लगाइन् ।
राजधानी दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us