कृषि विकास बैंकको ५१ प्रतिशत सेयर विदेशीलाई

काठमाण्डु टुडे २०७१ असोज ७ गते २:३० मा प्रकाशित

काठमाण्डु, ७ असोज– सरकारले कृषि विकास बैंक लिमिटेडको ५१ प्रतिशत सेयर विदेशी रणनीतिकसाझेदारीलाई दिने तयारी गरेको छ ।
agriculture-bankसाझेदार भित्राउन सरकारले सेयरस्वामित्वको प्रारुप (मोडालिटी) नै परिवर्तन गर्न लागेको हो । यो प्रारुपकार्यान्वयनमा आएपछि बैंकमा बहुमत स्वामित्व विदेशीको र नेपालीको स्वामित्व४९ प्रतिशत मात्र कायम हुनेछ ।
यसअघि सरकारले बैंकको ५१ मध्ये ३१ प्रतिशत सेयरमात्र विदेशी रणनीतिकसाझेदारलाई बिक्री गर्ने निर्णय गरेको थियो । ‘तर ३१ प्रतिशत मात्र सेयरदिँदा विदेशी बैंक नआउने सम्भावना देखिएकाले मोडालिटी परिवर्तन गर्नलागिएको हो,’बैंकका कार्यकारी अधिकृत तेजबहादुर बुढाथोकीले भने ।
एसियाली विकास बैंक (एडीबी) ले नियुक्त गरेका परामर्शदाताले रणनीतिकसाझेदारलाई ५१ प्रतिशत सेयर दिनुपर्ने सुझाएको थियो । चीनलगायत विभिन्नदेशका बैंकले ५१ प्रतिशत सेयर स्वामित्व माग गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us