आर्थिक विकासमा विश्वसँगै अघि बढ्नुपर्छ: महत

काठमाण्डु टुडे २०७१ असोज ६ गते १४:०२ मा प्रकाशित

चितवन, ६ असोज– अर्थमन्त्री रामशरण महतले आर्थिक विकासमा विश्वसँगै नेपाललाई अघि बढाउने बताएका छन् ।
ramsharanभरतपुर महोत्सवको सोमबार उदघाटन गर्दै मन्त्री महतले आर्थिक विकास विश्वकै एजेण्डा भएकाले यो यात्रामा सबै सँगै अघि बढ्नुपर्ने बताए । ‘नेपाल इकोनोमिक मार्चमा अघि बढिसक्यो, यसलाई कसैले रोक्न सक्दैन’, महतले भने, ‘विश्वको प्रगतिसँगै अगाडि बढ्ने नेपाली जनताको इच्छा सबैले बुझ्नुपर्छ ।’

मन्त्री महतले विकास निर्माणका काममा  अवरोध सिर्जना नगर्न पनि सम्वद्ध सबैलाई आग्रह गरे । महतले नेपाललाई आगामी आठ वर्षभित्र कम विकसित मुलुकबाट विकासशील मुलुकको दाँजोमा पुर्या्उने दाबी गरे ।

विकासका लागि ठूलो लगानीको खाँचो रहेकाले लगानी बढाउन सरकार नीतिगत सुधारमा केन्द्रित रहेको बताए । पिटिए र पिडिए सम्झौताले विकासको ढोका खोलेको उनको दाबी छ । उनले सम्झौताले नेपालको जलविद्युत विकासमा ठूला लगानी आउने जिकिर गरे ।

उनले पञ्चेश्वर, माथिल्लो मर्स्याङदी, अरुण तेस्रो र माथिल्लो त्रिशूलीजस्ता ठूला जलविद्युत आयोजना छिट्टै सञ्चालनमा आउने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us