
काठमाण्डु – तपाइँ अनुमान गर्न सक्नुहुन्छ , ५ वर्षीय बालकको उचाई ५ फिट ७ इन्च भनेर ? तर, एक भारतीय बालक करण सिंहको उचाई ५ फिट ७ इन्च छ । विद्यालय जान सुरु गरेका करणको उचाइ बाबुआमाको टाउको दुखाइको विषय बनेको छ ।
विश्वका सबैभन्दा अग्लो बालक शिर्षकमा गिनिज बुक अफ वल्र्ड रेकर्डसमा नाम लेखिएका करणलाई सामान्य मानिसका लुगा कपडा केहि पनि ठिक नहुने आमाबाबुले जानकारी दिएका छन् ।
रमाइलो बात यो छ की, उनकी आमा २६ वर्षीया श्वेतलानाको उचाइ ७ फिट २ इन्च छ । उनको उमेर बर्षको ४ इन्च बढ्ने श्रीमान संजयले बताएका छन् ।
श्वेतलाना पनि सन् २०१२ सम्म संसारकै अग्ली महिलामा वल्र्ड रेकर्ड राख्दै आएकी थिइन् ।
हाल सो रेकर्ड पश्चिम बंगालकी सिद्धिका परवीनको हातमा रहेको छ ।