‘आईएमई विदेशमा परिवार भेट’ योजनामा को– भए विजेता ?

काठमाण्डु टुडे २०७१ भदौ २७ गते ३:११ मा प्रकाशित

काठमाण्डु, २७ भदौ– नेपालको नम्बर वान रेमिटेन्स कम्पनीको छवि बनाएको आईएमईले सञ्चालन गरेको सेवाग्राहीमुखी रेमिट्यान्स क्षेत्रको ime 1प्रवद्र्घनात्मक कार्यक्रम  ‘आईएमई विदेशमा परिवार भेट’ योजनाको पहिलो साताका विजेता घोषणा गरेको छ ।
आई एमईले गत १७ भदौबाट यो योजना ल्याएको थियो । एक साताभर विशेदबाट रकम पठाउने र प्राप्त गर्नेहरु मध्येबाट विजेता छनोट गरिएको हो । रकम पठाउने तर्फबाट वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका मित्रराज लिम्बु तथा रकम प्राप्त गर्नेतर्फ काठमाण्डुका घनश्याम कार्की विजेता घोषित भए । लिम्बूले आईप्याड तथा कार्कीले डिजिल क्यामेरा प्राप्त गरेका छन् ।
यसै गरी दैनिक ‘लक्की ड’्र मा पैसा पठाउने तर्फ विजयी हुनेमा भदौ १६, १७, १८, १९, २०, २१, २२ गते क्रमश: मलेसियामा कार्यरत शिवराज विश्वकर्मा, मलेसियाबाटै बानबहादुर पगु, बेलायतबाट शम्भु राई, कुवेतबाट अर्जुन खनाल, मलेसियाबाट रोमबहादुर गाहा, मलेसियाबाटै प्रेमबहादुर रोकाया र शेख नेपाली रहेको आईएमईले जनाएको छ ।

उनीहरुले स्मार्टफोन प्राप्त गरे ।  यसै गरी सोही योजनाको रकम प्राप्त गर्नेतर्फको दैनिक लक्की ड्र मा उल्लेखित मितिमा क्रमश: पोखराकी सरिता कार्की, काठमाडौंकी सुस्मिता तामाङ, काठमाण्डुकै फुर्बुलामु शेर्पा, ललितादेवी शाह, विर्तामोडकी सुभद्रा घिमिरे, लाहानकी रितादेवी पूर्वी तथा उदयपुरकी श्यामदेवी चौधरी छन् । उनीहरुले लगेज ब्याग प्राप्त गरेका छन् ।
दशंै र तिहारजस्ता नेपाली राष्ट्रिय चाडपर्वहरुको समयलाई मध्यनजर गर्दै सुरु गरिएको यो योजनाले देशभित्र तथा विदेशमा रहेका आईएमईका सेवाग्राहीलाई उपहार प्राप्त गर्ने अवसर प्रदान गरेको आईएमईको भनाइ छ । एक महिने यो योजना आगामी असोज १९ गतेसम्म संचालन हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us