
काठमाण्डु, २५ भदौ– सोमबार सकिएको नाडा अटोमोबाइल्समा सहभागी वाणिज्य बैंक अटो कर्जामा ग्राहक तान्न चर्को प्रतिस्पर्धामा उत्रिए ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट गत महिना २० अर्ब निक्षेप संकलन गर्ने प्रस्ताव माग्दा ३५ अर्बको आवेदन पर्योल यसमा बैंकले १ प्रतिशतभन्दा कम व्याजदर पाउँछन् । ९१ दिनको ऋणपत्रको व्याजदर अहिले ०.०१७ प्रतिशत छ ।
यी तीन उदाहरणले बैंक तथा वित्तीय संस्थामा देखिएको आर्थिक तरलता (लगानीयोग्य रकम) ले निकास खोजिरहेको प्रमाणित हुन्छ ।
पछिल्लो एक वर्षदेखि अधिक तरलताको समस्या भोग्दै आएका बैंक तथा वित्तीय संस्थाले अझै पनि अधिक तरलताको समस्याबाट पार नपाउने बैंकहरुबीच अटो लोन दिन ग्राहक तान्न भएको प्रतिस्पर्धा र ट्रेजरी बिल्सको व्याजदरले पुष्टि गर्छ।
तत्कालका लागि बैंकिङ क्षेत्रबाट २० अर्ब रुपैयाँ राष्ट्र बैंकमा गए पनि अधिक तरलता रकम केही घटेको छ । तर, राष्ट्र बैंकमा राखेको निक्षेपबाट प्राप्त हुने व्याजदरले बैंकहरुले निक्षेपकर्तालाई तिर्न पुग्ने व्याजदर पनि प्राप्त हुँदैन ।
अर्थशास्त्री डा। डिल्लीराज खनालले पछिल्लो समयमा वित्तीय क्षेत्रमा निक्षेप राखिने पैसा ‘नेगेटिभ सेभिङ’ हुन पुगेको बताए । मुल्यवृद्धि १० प्रतिशतको हाराहारीमा रहेको अवस्थामा बढीमा पाँच प्रतिशत मुद्दती निक्षेपमा व्याजदर पाउने व्यवस्था छ, उनले भने, यसले निक्षेपकर्ताले बैंकमा राखेको पैसा मूल्य वृद्धिअनुसार घट्न पुगेको छ ।’