किन लगातार घट्दै छ सुनको भाउ

काठमाण्डु टुडे २०७१ भदौ २५ गते १:५८ मा प्रकाशित

काठमाण्डु, २५ भदौ–सुनको भाउ फेरि घटेको छ । यसअघि केही माथि उक्लिएको सुनको भाउ मंगलबार तोलामा ५ सय रुपैयाँले घटेको हो ।
goldनेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  अन्तर्राष्ट्रिय बजारमा भाउ घटेकाले त्यसको प्रभाव यहाँ परेको हो ।
मंगलबार प्रतितोला छापावाला सुन ५२ हजार तीन सय रुपैयाँमा कारोबार भएको छ ।
सोमबार प्रतितोला ५२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ पनि ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार प्रतितोला चाँदी ७ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us