सेयर बजारमा यू टर्न

काठमाण्डु टुडे २०७१ भदौ २४ गते १४:३५ मा प्रकाशित

काठमाण्डु, २४ भदौ– निरन्तर ओरालो लागेको सेयर बजारमा मंगलबारदेखि सुधार खाएको छ ।

मंगलबार सेयर बजारमा ४५ अंकले वृद्धि भएको छ । बजार विश्लेषकहरुले मार्केटले युटर्न लिएको बताएका छन् । झण्डै क्रयास हुन लागेको बजारले आफ्नो स्वभाविक गति लिएको छ ।
सबै अवस्था अनुकुल हुँदाहुँदै पनि झण्डै एक महिनाको बीचमा चलखेल गरेर सेयर बजारलाई दुई सयभन्दा बढी अंकले तल झारिएको थियो । अब मार्केट तल नझर्ने विश्वास विज्ञहरुको छ ।

बजारमा देखिएको अस्वभाविक उतारचढाप र चलखेलबारे मंगलबार सरकार, धितोपत्र बोर्ड र नेपाल स्टकले गम्भीर सरोकार देखाउँदै बजार घट्नुपर्ने कुनै कारण नरहेको स्पष्ट पारेपछि लगानीकर्ता केही आशावादी भएका छन् ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडले पनि मंगलबार विज्ञप्ती जारी गरेर बजारलाई हल्लाका भरमा घटाइएको उल्लेख गर्दै बजार घट्ने कुनै अवस्था नरहेको बताएको थियो ।

सेयरमा लगानीका लागि अनुकुल समय रहेको स्पष्ट पार्दै नेपाल स्टकले लगानीकर्तालाई नआत्तिन आग्रह गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us