आमा रिसियामा बन्धक, बाबु भारतमा बेपत्ता, छोरीको बिचल्ली

काठमाण्डु टुडे २०७१ भदौ २० गते २:४० मा प्रकाशित

रुकुम, २० भदौ– आफूलाई जन्म दिने आमा सिरियामा बन्धक र बाबु मजदुरी गर्न भारत गएको एक दशक पुग्दा पनि परिवारको सम्पर्कमा नआउँदा रुकुममा एक बालिकाको विचल्ली भएको छ ।
रुकुम सदरमुकाम खलंगा–८ की ११ वर्षीया बालिका कृष्णा चनारा आमाबाबु नभएपछि साहाराविहीन बनेकी हुन् । बालिकाकी आमा भूमी चनारा विगत पाँच महिनादेखि सिरियामा बन्धक छिन् भने बाबु धनबहादुर विगत एक दशकदेखि रोजगारीका लागि भारत गए पनि अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन् ।

वालिका चनारा अहिले मामाघरमा बस्दै आइरहेकी छन् । उनी खलंगास्थित यमुना नन्द नमुना उच्च माध्यमिक विद्यालयमा पक्षा सातमा अध्ययनरत छिन् ।
राजधानी दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us