सिन्धुपाल्चोक, १९ भदौ – कोदारीबाट बाह्रविसेतर्फ आउदै गरेको गाडी चेक जाँच गर्दा अवैध २ केजी सुनसहित एक पक्राउ परेका छन् ।
मार्मिग–६ का १६ बर्षीय सांजो लामालाई प्रहरीले सुनसहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो बा ११ च ९५०५ नम्वरको गाडीबाट सुन बरामद भएको थियो ।
प्रहरीले गाडी र चालकलाई समेत नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।