नायब सुब्बा घुससहित रङगेहात पक्राउ

काठमाण्डु टुडे २०७१ भदौ १९ गते १२:१६ मा प्रकाशित

कास्की, १९ भदौ – जिल्ला मालपोत कार्यालयमा कार्यरत नायब सुव्वा कृष्णप्रसाद पनेरू १० हजार घूससहित रङगेहात पक्राउ परेका छन् ।

akhtiyarसेवाग्राहीको सूचना अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय, पोखराबाट गएको टोलीले पक्राउ गरेको हो ।

जग्गाको हालसाविक गर्नका लागि नासुले घूस मागेको बझिएको छ ।

नासु पनेरुलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि हिरासतमा लिईएको आयोग स्रोतले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us