गाई काटेको अभियोग लागेकालाई छुटाउन विरोध प्रदर्शन

काठमाण्डु टुडे २०७१ भदौ १९ गते ११:४८ मा प्रकाशित

काठमाण्डु, १९ भदौ – राष्ट्रिय जनावर गाई काटेको अभियोगमा हिरासतमा रहेका व्यक्तिलाई छोड्नुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।

cowनेपाल तामाङ घेदुङ संघ र ताम्सालिङ संयुक्त सङघर्ष समितिले बिहिबार संविधानसभा अगाडी नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले धर्मनिरपेक्ष मुलुक घोषणा भैसकेको अवस्थामा गाई काटेको अभियोगमा प्रहरी हिरासतमा लिनु गैर कानुनी भएको जिकिर गरेका छन् ।

लोकतन्त्रको खिलाफमा भएकाले हामीले यो आन्दोलन गर्न बाध्य भएको एक नेताले जानकारी दिए ।

पक्राउ पर्नेमा गोरखा, भट्टे सिरानडाँडाका लाक्पा तामाङ हुन् । उनलाई साउन २९ गते गाई काटेको अभियोगमा प्रहरीले पक्राउ गरेका थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us