तरुण दलले पनि गर्ने भो महाधिवेशन

काठमाण्डु टुडे २०७१ भदौ १९ गते १०:१० मा प्रकाशित

काठमाण्डु, १९ भदौ – नेपाली कााग्रेसको भातृ संगठन नेपाल तरुण दलको चौथो महाधिवेशन आगामी मंसिरमा हुने भएको छ ।

tarun dalबिहिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै तरुण दलले आगामी मंसिरको १०, ११ र १२ गते चौथो राष्ट्रिय महाधिवेशन गर्न लागेको जानकारी दिएको छ ।

तरुण दलका अध्यक्ष उदय शमशेर राणाले गत भदौ १५, १६ गते राजधानीमा सम्पन्न पूर्ण बैठकले वीपीको सपना, शान्ति विकास र सुशासन, तरुण साझेदारीका लागि चौथो राष्ट्रिय महाधिवेशन भन्ने मूल नाराका साथ चौथो राष्ट्रिय महाधिवेशन हुन लागेको जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै राणाले भने–अरु भातृ संगठनले विभिन्न पटक महाधिवेशनको तिथि मिति घोाषणा गरेर महाधिवेशन गर्न नसकेको अवस्थामा नेपाल तरुण दलले पहिलो चोटी महाधिवेशन गर्ने संकल्पका साथ कार्यतालिका सार्वजनिक गरेको छ । हामी महाधिवेशन व्यापक सफल बनाउनका लागि लागिपरेका छौं । यो महाधिवेशन एकताको महाधिवेशन हुनेछ ।

त्यस्तै तरुण दलका केन्द्रीय सदस्य एवम् प्रचार प्रसार समितिका प्रमुख मेदनीप्रसाद सिटौलाले चौथो महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्दै शान्ति, स्थायित्व र विकासका मूल सर्त रहेकोले लाखौं बेरोजगार यूवाहरुको उज्वल भविष्यका लागि समयमै संविधान जारी गरि विकासको पथमा मूलुकलाई अगाडी बढाउन ठूला दलका नेताहरुलाई आग्रह गरेका छन् ।

सिटौलाले भने–राजनीतिक अस्थिरताको अन्त्यका लागि राष्ट्रिय पार्टीको लागि अनिवार्य ५ प्रतिशत थ्रेस होल्डको व्यवस्था गरिनुपर्छ । दुवै सदन समानुपातिक तथा समावेशी अनुसार २०५ भन्दा नबढ्ने गरि तरुण दलको धारणा रहेको छ ।

तरुण दलले आगामी असोज ५ भित्र पूर्णकालिन सदस्यता वितरण गरिसक्नुपर्ने, असोज ६ देखि १४ सम्म गाउा–नगरको अधिवेशन सम्पन्न गर्नुपर्ने, असोज २२ देखि ३० भित्र क्षेत्रिय अधिवशेन सम्पन्न गरिनुपर्ने, कात्र्तिक १५ देखि २५ भित्र जिल्ला अधिवेशन सम्पन्न गरिनुपर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

त्यस्तै महाधिवेशन सम्पन्न गर्न उदय शमशेर राणाको संयोजकत्वमा मूल आयोजक समिति, वरिष्ठ अधिवक्ता बाबुराजा जोशीको संयोजकत्वमा निर्वाचन समिति, केन्द्रीय सदस्य राधा घलेको संयोजकत्वमा अर्थ समिति र केन्द्रीय सदस्य कृष्णदत्त पनेरुको संयोजत्वमा व्यवस्थापन समिति, केन्द्रीय सदस्य नारायण भट्टराईको संयोजकत्वमा दृष्टिकोण नीति तथा कार्यक्रम तर्जुमा समिति, केन्द्रीय सदस्य मेदनि प्रसाद सिटौलाको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरेको पनि बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us