काठमाण्डु, १९ भदाै – मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले परराष्ट्र मन्त्रालयका ६ सहसचिवलाई राजदूत सिफारिस गरेको छ। तर, भारतसहितका महत्वपूर्ण देशमा भने हुन सकेन ।
जसमा खगनाथ अधिकारीलाई थाइल्याण्ड, दीपक धिताललाई जेनेभा, यज्ञबहादुर हमाललाई कुवेत, कालीप्रसाद पोखरेललाई क्यानडा, अमृत राईलाई दक्षिण अफ्रिका र अम्बिका लुइटेललाई फ्रान्सको राजदूतमा सिफारिस गरिएको छ ।
वरिष्ठताका आधारमा सिफारिस भएका अर्जुनकान्त मैनाली भने परेनन् । कांग्रेसका मन्त्रीहरुको समर्थन पाएका यज्ञबहादुर हमाल राजदूत सिफारिस भएका छन् ।
अब संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि राजदूत नियुक्त हुनेछन् । नेपालको कूटनीतिक सम्बन्ध रहेका देशमध्ये ३२ देशमा दूताबास छ तर, १६ देशमा राजदूत छैनन् ।
सरकारले भारत, अमेरिका, बेलायत, कतार जस्ता देशमा भने अझै राजदूत नियुक्तिको सिफारिस गर्न सकेको छैन ।