यसकारण काट्नुपर्छ बलात्कारीको लिंग

काठमाण्डु टुडे २०७१ भदौ १९ गते ३:२६ मा प्रकाशित

नेपालमा पछिल्लो समय बलात्कारका घटनामा उल्लेख्य वृद्धि भएको छ । त्यसमा पनि वर्षातको समयमा बलात्कारका घटना धेरै भएका छन् ।
sher bahadur 2यसो हुनुमा धेरै कारणहरु हुन सक्छन् । तर एक शब्दमा भन्ने हो भने यो नेपाली समाजको अपराधीकरणको उपज हो । नेपालीहरुको मानसिकता फोहोर भएर त्यस्तो भएको हो । बलात्कार एक जघन्य अपराध हो । आजको सभ्य समाजका लागि यो घिनलाग्दो घटना हो । कलात्कारजस्तो जघन्य अपराधमा संलग्नलाई कारबाही गर्ने कानुन नभएको पनि होइन । तर कार्यान्वयन नै भएन । समाजलाई बाटो देखाउने हामी नयाँ पुस्ताले हो । समाजलाई नयाँ ढंगले अघि बढाउनुपर्छ । अहिलेसम्मको अनुभवले देखायो कि बलात्कारलाई परम्परागत कानूनको सीमाभित्रबाट नियन्त्रण गर्न सकिंदैन । भारतमा बलात्कारीलाई मृत्युदण्डको सजाए दिइन्छ । चीनमा भ्रष्टाचारले प िनमृत्यु दण्ड पाउँछ । तर भारतमा बलात्कार र चीनमा भ्रष्टाचार रोकिएको छैन । बरु बढेको छ ।
बलात्कारीको लिंग काटेर फाल्नुपर्छ
हाम्रो कानुनी व्यवस्थाअनुसार बलात्कारीलाई हदैसम्मको जेल सजाय दिन सकिन्छ । तर नत बलात्कारी सुध्रिन्छ नत एउटा बलात्कारी थुनिएको घटनाबाट सचेत भएर अर्को बलात्कारीले आपराधिक मानसिकता बदलेको छ । यसको जड कारण, उसको मानसकिता नै विक्रित छ । मानिसको मस्तिस्कमा जे कुरा छ, त्यो व्यवहारको माध्यमबाट अभिव्यक्त हुन्छ । राम्रो या नराम्रो दुवै । बलात्कारीको मानसिकतामा रहेका विक्रिती उसको अँगमार्फत व्यक्त हुन्छ । त्यसैले उसको विक्रित मानसिकता फेर्न त्यसको विक्रित अंग नै काटिदिनुपर्छ । हामी संविधान बनाउने चरणमा छौं । नयाँ बन्ने संविधानमा बलात्कारीको लिंग काटेर फालिदिने प्रावधान राख्नुपर्छ । जब बलात्कार पुष्टि हुन्छ्, त्यसपछि अंग नै रहँदैन भन्ने भएपछि मानिसले त्यस्तो काम गर्दैन । त्यसो गरियो भने बलात्कारको घटना कम मात्र होइन, हुँदैन होइन ।
बलात्कार गर्ने हतियार काट्दैमा मान्छे नमर्न सक्छ । किनभने मुटु, कलेजो, मृगौलाजस्ता संवेदनशील अंग झिकेर अर्को हाल्ने प्रविधि आइसक्यो । बलात्कारीको लिंग धारिलो हतियारले जवर्जस्ती काटेर फल्ने होइन । चिकित्सकले अपरेशन गरेर झिक्ने व्यवस्था मिलाउनुपर्छ । अनि उसले पनि आरामको जिन्द्यगी पाउँछ । समाजमा पनि छोरी बुहारी सुरक्षित । त्यसो गर्दा त्यो अपराधी जिन्दगीभर बाँचीबाँची मर्छ ।
पृथ्वीमा रहेका सबै प्राणी बंशजको निरन्तरता चाहन्छ । अझ त्यसमा मानिसले त झन चाहन्छ । अहिलेसम्म समाजमा भएका लडाई., झगडा, अदिका कारण नै बंशज हो । बंशजको निरन्तरता हुने थिएन भने सायद मानिस धेरै अनुशासित हुने थियो । जब कुनै काम बिगार्दा आफ्नो बंशजको निरन्तरता नै अवरुद्ध हुन्छ भन्ने भएपछि मानिसले त्यसो गर्दैन । ऊ बलात्कारको तहसम्म उत्रंदैन ।
हाम्रो कानुनले सिंगल व्यक्तिले बलात्कार गर्नेलाई भने ५/१० वर्ष । सामूहिक बलात्कार गर्‍यो १५ वर्ष कैद तोकेको छ । त्यसपछि त ऊ बाहिर आइहाल्छ । मानसिकतामा परिवर्तन आएकै हुँदैन । फेरि बलात्कार गर्छ । उसलाई देखेर अरु पनि हौसिन्छ । ए बलात्कार गरेर पनि के नै हुँदोरहेछ र केही वर्ष जेल बस्यो छुटयो । यस्तो अवस्था छ । अनि अरुको पनि मनोबल बढेको छ ।
मृत्यु दण्ड असम्भव
नेपालीहरुमा एउटा जवर्जस्त मानसिकताको विकास हुँदै गएको छ । त्यो हो ‘गल्ती गर्नेलाई मृत्यु दण्ड दिनुपर्छ । हामी भावावेशमा आएर त्यस्ता अभिव्यक्ति दिन्छौं । तर अन्तर्राष्ट्रिय प्रावधान वा कानूनले के भन्छ, त्यसको अध्ययन कमै गर्छौं । नेपालमा मृत्य ुदण्डसम्बन्धी कानून बनाउनै पाइँदैन । नेपाल राष्ट्रसंघको सदस्य राष्ट्र हो । उसले राष्ट्रसंघमा मृत्यु दण्डको व्यवस्थासम्बन्धी काननून बनाइने छैन भन्ने प्रतिबद्धता जनाएको छ । नेपाल मृत्यु दण्डको कानून नबनाउने पक्ष राष्ट्र हो । हामी आवाज त उठाउँछौं । तर नेपालमा त्यो बन्न सभ्भव छैन । जब मृत्यु दण्डको कानून बन्दैन भने  के गर्ने त ? विकल्पमा सबैभन्दा सजिलो भनेको लिंग काट्ने । त्यस्तो प्रतिकात्मक कानून हामीलाई चाहिएको छ ।
बलात्कारीलाई राजनीतिक संरक्षण
कतिपय बलात्कारीले राजनीतिक संरक्षण पाएका उदाहरण विगतमा छन् । नेपाल सानो देश हो । यहाँ कसै न कसैसँग कसैको सम्बन्ध छ । मेरो फलानो मान्छे यस्तो पर्‍यो बचाइदेऊ न भन्ने त भइहाल्छ । ऊ कुनै राजनीतिक दलको कार्यकर्ता, मतदाता हुन्छ । पार्टीलाई भोट दिएको हुन्छ ।  अनि अपराध गरेपछि लौ त्यो के भएको रहेछ बुझिदिनुपर्‍यो भन्न नेता बाध्य हुन्छ । ऊ फेरि छुट्छ  पनि । त्यरी छुटेको मानिसले थप अपराध गर्छ । मलाई सकैले छुन सक्दैन भन्ने घमण्ड त्यसमा हुन्छ । यो सबै हाम्रो फितलो कानूनको कारणले भएको हो ।
लिंग काट्ने प्रस्ताव लैजान्छु
अहामी संविधान निर्माणको प्रक्रियामा छौं । संसदको महलिा बालकालिका तथा ज्येष्ठ नागरिक सम्बन्ध समिति छ । त्यसमा म पनि सदस्य छु । हामी धेरैले बलात्कारसहित आपराधिक घटना कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने उपायबारे गम्भीर छलफल गरिरहेका छौं । संविानसभामा यो कुरा ‘इस्यु’ का रुपमा उठेको छ । म बलात्कारीको लिंग काट्नुपर्छ भन्ने प्रस्ताव समितिमा लैजान्छु । प्रस्तावमा समर्थन जुटाउन लागिपरेको छु । धेरै सभासदहरुले त्यसै गर्नुपर्छ भन्नुभएको छ । पुरुषलाई भन्दा पनि महिलाहरुलाई यो प्रस्ताव राम्रो लागेको छ । किनभने बलात्कार घटनालाई महिलाले बढी संवेदनशील रुपमा लिन्छन् । उनीहरु सबैको समर्थन छ । संविधानसभाभित्र मात्र होइन । बाहिर पनि त्यसको पक्षमा बलियो जनमत छ । नेपालका हरेक महिला असुरक्षित छन् । जसले शीर उठाएर बाँच्ने अवस्था छैन । त्यसैले बलात्कारीको लिंग काट्नुपर्छ भन्ने जनमत जबर्जस्त छ ।

नेपालको नाम चम्काउन सकिन्छ
मलाई लाग्छ बलात्कारीको लिंग काट्ने कानून अन्तै कतै छैन । नेपालले सुरु गरेर सबैलाई शिक्षा दिन सक्छ । त्यस्तो कानुनले अहिलेजस्तो दिनदिनै बलात्कारका घटना हुने छैनन् । त्यसपछि विश्वभर नेपाली समाज असल छ । जहाँ अपराधकि घटना घट्दैनन् भन्ने सन्देश दिन सकिन्छ । अन्यथा यसले हाम्रो बारेमा प्रश्नहरु जन्माइरहन्छ । दिनदिने बलात्कारका समाचार पढ्नुपर्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us