
काठमाण्डु, १९ भदौ– नेपाल राष्ट्र बैंकले अमेरिकास्थित एक बैंकको खातामा रहेको आफ्नो १० लाख अमेरिकी डलर बिनाजानकारी झिकिएकोसम्बन्धी मुद्दा जितेको छ ।
अमेरिकाको न्यूर्योक डिस्टिक्ट अदालतले मंगलबार राष्ट्र बैंकको पक्षमा फैसला गरेको हो । नेपालमा सम्पत्ति सुद्धीकरण सम्बन्धमा चलिरहेको उक्त मुद्दामा न्यूर्योकस्थित स्ट्यान्डर्ड चार्टर्ड बैंकले आफ्नो खाताबाट १० लाख डलर भुक्तानी गरिएको भन्दै राष्ट्र बैंकले मुद्दा हालेको थियो ।
राष्ट्र बैंकका सहायक निर्देशक हरि नेपालका अनुसार करिब ५ वर्षअघि पर्यटक भिसामा नेपाल आएर चिनियाँ नागरिक ली उले ललितपुर भैंसेपाटीस्थित एनबी बैंकको शाखामा खाता खोलेका थिए । त्यही खातामा अमेरिकाको चेज बैंकबाट उनको नाममा १० लाख डलर जम्मा भएको थियो ।