काठमाण्डु, १८ भदौ– नापी कार्यालय चावहिलका सर्वेक्षक शिवनारायण यादव घूस लिँदालिँदै पक्राउ परेका छन् ।
वाग्राहीसँग घूस लिइरहेका बेला उनलाई बुधबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ओम अस्पताल नजिकैबाट पक्राउ गरेको हो । यादवको साथबाट घूस लिएको ५० हजार रुपैयाँ बरामद गरिएको अख्तियारले जनाएको छ ।