काठमाण्डु, १८ भदौ – नेपाल विद्यार्थी संघ आवद्ध विद्यार्थी नेताहरुले संघको आसन्न महाधिवेशनमा टिके प्रथाको अन्त्य गर्दै स्वस्थ्य प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न माग गरेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेविसंघका नेताहरुले कुनै पनि बहानामा नेतृत्व गुटगत ढंगबाट चयन नगर्न आग्रह गर्दै प्रतिस्पर्धाबाट चयन गरिनुपर्ने धारणा राखेका छन् । कार्यक्रममा सहभागी विद्यार्थी नेता एवम् अध्यक्षका प्रत्यासी नैनसिंह महरले ८ वर्षदेखि नेविसंघ महाधिवेशन हुन नसक्दा नेतृत्व जाम भएको भन्दै तोकिएकै मितिमा महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा राखेका छन् ।
उनले महाधिवेशन समयमा नहुादा संगठन निश्क्रिय भएको भन्दै तोकिएकै समयमा महाधिवेशन हुन सके संगठन झनै सक्रियताका साथ अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । उनले भने–विगत धेरै वर्षदेखि हामीले महाधिवेशनको माग गर्दै आएका हौं तर यसपटक महाधिवेशनको तिथि मिति तोकिएको छ । अब संगठनलाई मजबुत बनाउन हामी सवैले योगदान दिन जरुरी छ ।
साक्षात्कार कार्यक्रममा नेविसंघका अर्का नेता एवम अध्यक्षका प्रत्यासी दिपक भट्टराईले देशमा धनी र गरिवबीच समान शिक्षाको वातावरण मिलाउनुपर्ने धारणा राख्दै नेविसंघले त्यसका लागि नेतृत्व लिनुपर्ने बताएका छन् । उनले भने–देशमा शिक्षाको ठूलो खाडल छ । यहाा धनी र गरिववीच समान शिक्षा पाउने प्रावधान बनाउन जरुरी पनि विद्यार्थी नेता बन्नका लागि कम्तीमा पनि स्नातकोत्तर उत्तिर्ण हुनुपर्छ । नपढेको व्यक्तिले विधार्थी संगठन हााक्न सक्तैन ।
त्यस्तै अध्यक्षका अर्का प्रत्यासी सरोजकुमार थापाले विद्यार्थी नेताहरु आफ्नो ठाउामा बसेर राष्ट्रिय राजनीतिलाई टेवा पुर्याएको स्मरण गर्दै आगामी दिनमा विद्यार्थी नेताहरुले मुलुकमा शैक्षिक, राजनीतिक र आर्थिक मुद्धाहरुलाई एकीकृत रुपमा उठान गर्नुपर्ने धारणा राखेका छन् । थापाले भने–हामी विद्यार्थी नेताहरुले आफ्नो ठाउामा बसेर गरेको योगदानमा राजनीतिक कोर्स पुरा गरेकोले अब शैक्षिक मुद्धामा केन्द्रीत हुनुपर्छ ।
कार्यक्रममा अध्यक्षका अर्का प्रत्यासी क्षितिज भण्डारीले नेविसंघको हरेक आन्दोलन र विद्यार्थीहरुको साझा एजेन्डालाई सधै मूखरित गरेको कारण पनि आफू अध्यक्ष पदको दाबेदार भएको उद्घोष गरेका छन् । भण्डारीले आफू सधै विद्यार्थीहरुको हकहित र अधिकारका लागि लड्ने पनि प्रतिबद्धता जाहेर गरेका छन् ।
त्यस्तै कार्यक्रममा अध्यक्ष प्रत्यासी गणेश भट्ट, निलकण्ठ रिजाल, मनोजमणि आचार्य, बाबुराम कोइराला, पदमराज पन्त, कुन्दनराज काफ्ले, केदार कार्की, रत्न कार्की, महामन्त्रीका प्रत्यासी रामप्रसाद अधिकारी लगायतका नेताहरुले आगामी भदौ २९, ३० र ३१ मा काठमाण्डुमा हुने महाधिवेशन कुनै पनि हालतमा नसार्न आग्रह गरेका छन् ।
उनीहरुले कार्यक्रममै आ–आफ्नो उम्मेदवारी समेत घोषणा गरेका छन् । नेतृत्वका प्रत्यासीहरुले संघलाई हााक्न आ–आफ्नो एजेण्डासमेत सुनाएका थिए ।