काठमाण्डु, १८ भदौ – अख्तियारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसन्धान अधिकृत शम्भु प्रसाद चालिसेमाथि आरोप पत्र दर्ता भएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका शाखा अधिकृत चालिसेले मुद्धा मिलाइदिने प्रलोभनमा मुनु गुरुङसँग १० लाख घूस लिएकाले उनीमाथि आरोप पत्र दर्ता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतले बताएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ द्वारा परिभाषित कसुर गरेको पुष्टी हुन आएकोले अनुसन्धान अधिकृत चालिसेलाई जरीवाना १० लाख कायम गरी सोही ऐनको दफा ३-१ र ३-१- ङ बमोजिम हदैसम्म सजायको मागदाबी लिई बुधबार विशेष अदालत काठमाण्डुमा आरोप पत्र दायर गरेको छ ।