उद्योग वाणिज्य महासंघका अध्यक्षलाई जेल हाल्न सुपारी व्यवसायीको माग

काठमाण्डु टुडे २०७१ भदौ १७ गते १४:०१ मा प्रकाशित

काठमाण्डु, १७ भदौ– नेपाल उद्योग वाणिज्य महासंघले सुपारी निर्यात गर्दा एकाधिकार कायम गरेको भन्दै झापा र मोरङ्का सुपारी किसानले andolanबुधबारदेखि महासंघ परिसरमै रिले अनशन बस्ने चेतावनी दिएका छन् ।
राजधानीमा मंगलबार पत्रकार सम्मेलन गर्दै सुपारी खेती विकास संस्था, कृषि विकास संघ नेपाल–झापा, अनारमणि फलफूल तथा सुपारी तथा विकास संस्था, झापा र पूर्वाञ्चल फलफूल तथा खेती प्रर्वद्धन संघ मोरङले संयुक्त पत्रकार सम्मेलन गरी सुपारी कृषकहरुमाथि महासंघले गरेको दादागिरी फिर्ता नलिए महासंघ परिसरमै ३ सूत्रीय माागसहित रिले अनशन बस्ने चेतावनी दिएका छन् ।
उनीहरुले उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेलाई भ्रष्टाचारको मुद्यामा दोषी ठहर भएकाले विगो जरिवानासहित जेल सजाय भुक्तान गर्ने गरी अबिलम्ब पक्राउ गर्नुपर्ने, सुपारी निर्यातसम्बन्धी उत्पत्तिको प्रमाणपत्रको तत्काल खारेज गर्नुपर्ने, सहमतिको आधारमा २०६८ को कार्यविधिअनुसार निर्णय गर्नुपर्ने ३ सूत्रीय मााग समेत अघि सारेका छन् ।
उनीहरुले सुपारी तस्करीमा नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व पक्ष संलग्न रहेको र करोडौंको चलखेल भएको आशंका व्यक्त गर्दै आफूहरुले गत भदौ ९ गतेदेखि नै शान्तिपुर्ण विरोधका कार्यक्रमहरु गर्दा पनि महासंघले कुनै सुनुवाई नगरेपछि बाध्य भएर आन्दोलनमा उत्रिएको स्पष्ट पारेका छन् ।
कार्यक्रममा सुपारी खेती विकास संस्था, कृषि विकास संघ, नेपाल झापाका अध्यक्ष विष्णु शिवाकोटीले महासंघले कृषकहरुका प्रतिनिधिमुलक संस्थाहरुलाई व्यवस्थापन गरी निर्यात सम्बन्धी अधिकार प्रत्यायोजन नगरेका कारण आफूहरुले शान्तीपूर्ण आन्दोलन गर्दा पनि कुनै सुनुवाई नभएका कारण थप सशक्त आन्दोलन गर्न बाध्य भएको उद्घोष गरेका छन् ।
शिवाकोटीले भने–महासंघका नेतृत्वकर्ताले झापा र मोरङ्मा पूरानै संस्थालाई गैर कानुनी ढंगले उत्पतिको प्रमाण पत्र जारी गर्ने निर्णय फिर्ता लिनुपर्छ । यो सरासर गैरकानुनी हो । हामीले शान्तीपूर्ण ढंगले आफनो माागहरु प्रस्तुत गर्दा पनि महासंघ कानमा तेल हालेर बसेको छ । आज सम्म अल्टिमेटम दिईएको छ, आज पनि सुनुवाई भएन भने हामी भोलीेदेखि रिले अनशनमा बस्छौं ।
त्यस्तै अनारमणि फलफुल तथा सुपारी खेती विकास संस्था, झापाका  अध्यक्ष मेघराज ढकालले पनि महासंघले सुपारी सम्बन्धी कार्यविधि २०६८ अनुसार काम नगरेको भन्दै एकाधिकार लागु गर्न खोजेको आरोप लगाएका छन् ।  उनले भने–यो निर्णय बन्द कोठाभित्र भएको हो । कृषकहरुको सही मार्का र विवरण नबुझी गरेको निर्णय हामीलाई मान्य छैन् । यो महासंघको ज्यादती हो ।
पूर्वाञ्चल फलफुल तथा खेती प्रर्वद्धन एवं मोरङका अध्यक्ष प्रेम रिमालले एउटा संस्थालाई मात्रै उत्पतिको प्रमाण पत्र जारी गराएकोमा आपत्ति जनाउादै महासंघको गलत एवं गैर कानुनी निर्णयलाई वाणिज्य तथा आपूर्ति मन्त्रालयले रोक लगाउनुपर्ने माग गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us