राष्ट्र बैंकले प्रस्टीकरण दिएपछि सेयर बजार ३८.५७ अंकले बढ्यो

काठमाण्डु टुडे २०७१ भदौ ११ गते ११:०४ मा प्रकाशित
काठमाण्डु, ११ भदौ – नेपाल राष्ट्र बैंकले गत बुधबार जारी गरेको निर्देशनलाई हिजो साँझ थप प्रस्ट पारेपछि सेयर बजारमा तिब्र उछाल आएको छ। बजार बढेर दुई पटकसम्म नेपाल स्टक एक्सचेन्जले कारोबार स्थगित (सर्किट ब्रेकर) गरेको थियो। 
shareसोमबार ३८ र मंगलबार २६ अंकले घटेको सेयर बजार निर्देशन थप प्रस्ट भएपछि ३८.५७ अंकले बढेर बन्द भएको छ। बजार ९६०.४३ अंकमा पुगेको छ। क वर्गका कम्पनीहरु सुचिकृत समूह पनि चार प्रतिशतभन्दा वढीले बृद्धि भएको छ। 
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले कुल प्राथमिक पुँजीको एक प्रतिशतसम्म मात्र व्यापारिक हिसाबले सेयर किनबेच गर्न पाउने व्यवस्था गरेको थियो। यही कारण सेयर बजार आइतबारदेखि नियमित घट्न थालेको थियो। 
राष्ट्र बैंकका अधिकारीहरुले मौखिक रुपमा बैंक तथा वित्तीय संस्थाहरुले दीर्घकालिन लगानीका हिसाबले ३० प्रतिशतसम्म सेयर किन्न पाउने बताए पनि लगानीकर्ताले पत्याएका थिएनन्। राष्ट्र बैंकले मंगलबार साँझ लिखित रुपमा प्रेस विज्ञप्ति जारी गरेपछि बुधार यसको सकारात्मक असर परेको हो। 
होटल समूहबाहेक सबै सुचकहरु बृद्धि भएका छन्। होटल समूह भने २.४९ अंकले घटेको छ। सबैभन्दा वढी बिमा समूह करिव २४९ अंकले बढेको छ भने जलविद्युत समूह १७८ अंकभन्दा वढीले बृद्धि भएको छ। 
त्यसपछि सबैभन्दा बढी बैंकिङ सुचक उक्लिएको छ। बैंकिङ सुचक ३६.६६ अंकले बढेर बन्द भएको छ। उत्पादनमूलक क्षेत्रको सुचक २४ अंक, विकास बैंक, १८, फाइनान्स २४ र अन्य सुचक सात अंकले बढेको छ। 
मंगलबार सेयर बजारमा सुधार आएपछि कारोबार रकम पनि बृद्धि भएको छ। बुधबार ६१ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। १३ लाख २१ हजार ५०८ कित्ता सेयर किनबेच भएका छन्। कुल १४० कम्पनीको तीन हजार  ८३० पटक सेयर किनबेच भएको छ।
मंगलबार सबैभन्दा वढी कारोबार चिलिमे जलविद्युत, एभरेष्ट बैंक, कुमारी, नेपाल बैंक, एनसिसी, एनबी बैंक, नबिल, सिद्धार्थ, माछापुच्छ्रे र ग्लोबल आइएमइ बैंकको सेयर भएको छ।  
ब्रोकरहरुका अनुसार, राष्ट्र बैंकले नीतिमा स्पष्ट पारेपछि बुधबार बैंक तथा वित्तीय संस्थाहरु र सामूहिक लगानी कोष कम्पनीहरु खरीदका लागि बसेका थिए। हिजो अस्ति बजार घट्न थालेपछि अत्तालिएर सेयर बेचेका सर्वसाधारण लगानीकर्ताहरु पनि बुधबार सेयर खरीद गर्न बसेका थिए। 
बुधबार अधिकांस सेयरहरु बिमा कम्पनीहरु उठाएको सेयर ब्रोकरहरुले बताए। उनीहरुको रोजाइमा चिलिमे, ग्लोबल आइएमइ, कुमारी, एनसिसी, नेपाल बैंक थियो। सिभिल, एनबी बैंक र सिद्धार्थ बैंकको सेयर संस्थागत लगानीकर्ताको रोजाइमा थियो।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us