
काठमाण्डृु, १० भदौ– आगामी भदौ २५ गतेबाट दसैंका लागि उपत्यकाबाट बाहिरिने बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।
यातायत व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायत व्यवसायीसँग भएको छलफलले टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । घटस्थापनाको १५ दिन अघिबाट टिकट बुकिङ खुला गर्ने सहमति गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआईजी केशव अधिकारीले बताए । घटस्थापना ९ असोजमा छ ।
टिकट बुकिङ सहज बनाउन ट्राफिक प्रहरीले विभिन्न १२ स्थानमा हेल्प डेस्क राख्ने डिआर्इजी अधिकारीले बताए । त्यस्तै एक उच्चस्तरिय अनुगमन टोली पनि खटाइने सहमति भएको छ ।
ट्राफिक प्रहरीले क्षमताअनुसार मात्र यात्रु चढाउन निर्देशन दिएको छ । त्यस्तै एक बसमा दुई चालक अनिवार्य राख्न पनि ट्राफिक प्रहरीले व्यवसायीलाई निर्देशन दिएको छ । यातायात व्यवसायीले दसैंका लागि करिब तीन हजार नयाँ बस थप्ने बताएका छन् ।