नबिल बैंकका कर्मचारी आन्दोलित

काठमाण्डु टुडे २०७१ भदौ ९ गते १०:०२ मा प्रकाशित

काठमाण्डु, ९ भदौ– नबील बैंकका कर्मचारी विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका छन् ।

nabil bankठेकेदार कम्पनीमार्फत लामो समयदेखि बैंकमा कार्यरत कर्मचारी आन्दोलित भएका हुन् । बैंक व्यवस्थापले आफूहरुलाई बैंकका कर्मचारी नभई ठेकेदारका मान्छेको व्यवहार गर्दै आएको आरोप उनीहरुले लगाएका छन् ।

सोमबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी बैंकका कर्मचारीले आफ्ना माग पूरा नभए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन,  नबिल बैंक लिमिटेड तदर्थ समितिका अध्यक्ष गणेश रानाले आफूहरु बैंकको काम गर्दै आएको भए पनि बैंकले कर्मचारी स्वीकार नगरेको भन्दै आपत्ति जनाए ।

‘बैंकले हाम्रो नाममा प्रतिव्यक्ति १७/१८ हजार छुट्याउँछ, रानाले भने, ‘तर बिचौलियाले हाम्रो आधा रकम खाइदिन्छन् ।’ उनले दशकौंदेखि आफूहरुको उर्जाशील समय, उमेरको श्रम र पसिना नबिल बैंकमै बगे पनि  बैंकको स्थायी कर्मचारी नभएको गुनासो गर्दै स्थायी कर्मचारी हुन पाउनुपर्ने धारणा राखे ।  ।

‘नियमअनुसार २ सय ४० दिनभन्दा बढी काम गरेका कर्मचारीलाई स्थायी गरिनुपर्ने हुन्छ ’ थापाले भने ।  बैंक व्यवस्थापनले माग सुनुवाई नगरेसम्म निरन्तर दबाबमुलक आन्दोलनका कार्यक्रम गर्ने चेतावनी कर्मचारीले दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us