
सिन्धुपाल्चोक, ९ भदौ– प्रहरीले सिन्धुपाल्चोकबाट ४ किलो अवैध सुनसहित एक युवकलाई पक्राउ गरेको छ ।
तिब्बतको खासाबाट अवैध सुन लिएर काठमाण्डु आउँदै गरेका मनाङ घ्यारु–४ का दोर्जे गुरुङ सुनसहित पक्राउ परेका हुन् ।
कम्मरमा बाँधेर सुन ल्याइरहेको अवस्थामा उनलाई इलाका प्रहरी कार्यालय बाह्रबिसेले पक्रेको हो ।