
काठमाण्डु, ९ भदौ– गत आर्थिक वर्षमा नेपालमा प्रतिदिन एक अर्ब ४८ करोड रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७०र७१ मा ५ खर्ब ४३ अर्ब २९ करोड रेमिट्यान्स भित्रिएको थियो ।
जुन उक्त आर्थिक वर्षको बजेटभन्दा २६ अर्ब बढी हो । गत आबवमा नेपालमा बजेट ५ खर्ब १७ अर्ब १४ करोड थियो ।
केन्द्रीय बैंकका अनुसार नेपाली रुपैयाँ अमेरिकी डलरको दाँजोमा कमजोर भएको र विदेशमा काम गर्न जाने पनि निरन्तर बढेकाले रेमिट्यान्स बढ्दै गएको हो ।