
काभ्रे, ८ भदौ- सार्वजनिक स्थानमा युवती जिस्काउने दुई युवाविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ ।
धुलिखेल–२ का गगन भनिने १९ वर्षीय गंगाराम व्याञ्जु र सिन्धुपाल्चोक बाँसवारी–७ का २१ वर्षीय सिर्जन श्रेष्ठलाई पक्रेर मुद्धा दायर गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका निरीक्षक विष्णु लामिछानेले उनीहरुविरुद्ध सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दायर गरिएको बताए ।
प्रहरीका अनुसार धुलिखेल बसपार्कमा बस कुरेर बसेका बसेका युवतीलाई उनीहरुले ‘आई लभ यू’ भनेर जिस्काएका थिए । पीडित युवतीको उजुरीका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।