इन्दिरा गान्धी र मदर टेरेसाजस्तै बन्न चाहन्छु: खुश्बु

काठमाण्डु टुडे २०७१ भदौ ४ गते १२:१० मा प्रकाशित

अर्पण कोइरालाले  मेरो विरुद्धमा भ्रामक, कपोकल्पित कुराहरु लेखाइरहेको छ ।  र कतिपय  मिडियाहरुले एकतर्फीरुपमा  उसका कुराहरुलाई स्थान khushbuदिइरहेका छन् ।  कतिपय अनलाइनहरुमा यतिसम्म घिनलाग्दा कुराहरु आइरहेका छन् कि म आफैं अचम्मित भइरहेकी छु । उसले केही प्रतिष्ठित मिडीयाहरुको दुरुपयोग गरेर भ्रम छरेर मलाई नराम्रो  बनाउन खोजिरहेको छ ।  यो क्रम अझै रोकिएको छैन ।  मनपरिको पनि हद हुन्छ  । तर उसको मनपरीको हद नाघ्यो ।  कहिले खुश्बुका लागि ७ करोड सिध्याएँ भन्ने त कहिले खुश्बुलाई बेलायतमा पढ्न मैले पढाएको भन्दै बकबास कुरा गर्दै गलत अफवाह फैलाइरहेको छ ।  सही मान्छे छ र दिमाग सही ठाउँमै छ भने यस्ता कुरा गर्दै नहिँड्न अनुरोध गर्दछु । कुनै कुरा बोलेर मात्र हुँदैन, पुष्टि गर्न सक्नुपर्छ ।  उसले बोलेको सही र मैले बोलेको कुनै कुरा गलत भए म जे पनि सजाय भोग्न तयार छु ।  भारतमा लुकेर हैन सही भए नेपाल आएर यी कुरा बोल्न चुनौती दिन्छु ।
मलाई करोडौको खर्च गरेको दाबी गर्ने अर्पण कोइराला को हुन् र के थियो त उनको त्यत्रो सम्पत्तिको श्रोत ?  के उनी भन्न देखाउन सक्छन्  ? बारम्बार व्यापारिक पृष्ठभूमिको दाबी गर्ने कोइराला यो सब बकबासबाहेक केही हैन ।  उनी अहीले पनि व्यापार  गर्छु भन्छन्, तर कहाँ, के ब्यापार गर्छन उनी भन्न सक्छन् ? एउटा अन्तार्वार्तामा पढेकी थिएँ, ‘खुश्बुलाई लण्डन मैले मिलाएर पठाएको हुँ ।’ म  पुतलीसडकको एनआइइसी नामको कन्सल्टेन्सीबाट  बेलायत पढ्न गएकी थिएँ ।  त्यसका सञ्चालक सुरज राजभण्डारीलाई सोध्नु भयो भने अर्पणको मानसिक सन्तुलनमाथि जो कोहीले शंका गर्न सक्छ ।

हुदाँहुँदा उनले यतिसम्म भनेछन्, खुश्बुलाई पढाउनुअघि व्यापारिक कामका  क्रममा बेलायत आउने जाने कुरासमेत सुन्नुपर्‍यो । उ पहिलोपल्ट बेलायत २००९ मा म भन्दा पछि मात्र गएको हो । त्यसअघिको कुरा गर्ने हो भने ऊ हल्याण्ड गएको हो । उसको परिवारले ड्रग्सबाट छुटाउन पढ्न धेरै पहिला हल्याण्ड पठाएको थियो। तर उल्टै कुलतमा लागेर उसलाई त्यहाँबाट निकाला गरिएको हो । त्यसपछि उसलाई  लागुऔषधको लत छुटाउने संस्था नार्कोनानमा हालिएको हो । उसको पार्सपोर्ट हेर्दा यी कुरा कतिसम्म हावादारी हुन आफंै पत्ता लगाउन सकिन्छ ।
मेरो वुवाले मलाई इन्दिरा गान्धीजस्तै बनाउँछु भन्नुहुन्थ्यो सानोमा । इन्दिरा गान्धी र बेनजिर भुट्टो दुवै बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा पढेका हुन् । धेरै मिहिनेतपछि मेरो नाम अक्सफोर्डमा निस्कियो, तर धेरै महङ्गो थियो । तर उहाँले मलाई सम्पत्ति चाहिँदैन तिमी ढुक्क भएर पढ्नु, म सबै बेचेर भएपनि तिमीलाई पढाउँछु भन्नुभयो र पढाउनु भयो । मेरो बुबाको यो सपना संकल्प, यो देनलाई कृपया अर्पण कोइरालाले फोनमा भनेका वाहियात र बकबास गफ आधारमा अपमान नगरौं । एउटा दुव्र्यसनी व्यक्ति जो अरुलाई नराम्रो देखाउन मनमा जे आउँछ त्यो बोलिरहको छ । त्यसको विश्वास गर्नुको कुनै तुक छैन । उसले भनेका कुराको यदि कुनै पनि श्रोत छ भने मेरो बुवाले दोब्बर दिने प्रण गरिसक्नु छ भएको मिडियामार्फत । आफै मूल्याङ्कन गर्नुस्, उसको कुनै व्यवसाय थिएन, पैसा थिएन ,कसरी उसले मेरो फि तिरेको दाबी गर्नसक्छ ? । मुखले करोडौंको कुरा गर्न सजिलो छ, तर त्यसलाई व्यवहारमा उर्तान निकै गाह्रो छ  । त्यसका लागी मेरो बुबाले आफ्नो एसबीआईको खाताबाट मेरो फि तिर्नुभएको श्रोत हामी खुलाउन सक्छौं । अर्पणले मेरो फि तिरेको दाबी गरिराखेको छ ।  ल जनवरी २००९ ताकाको उनको र उनको परिवारको बैंक स्टेटमेण्ट हेरियोस् कति पैसा रहेछ र कसरी तिरेको रहेछ ? म च्यालेन्ज गर्छु । उसले मेरो गाडी खुश्बुले नदिएको भन्दै कपोकल्पित कुरा गर्दै हिंडेकामा कालो गाडीको सन्दर्भमा तपाइंहरुले कुमारी बैंक न्यूरोड शाखामा बुझ्नुभए सही गलत आफैं बुझ्नुहुनेछ ।
पटकपटक खुश्बुको कारण ४ ओटा घर बेचें भनेर मिडियामा भन्ने उनको परिवारको एउटा मात्र घर थियो । बिजुली बजारमा र एउटा पुख्र्यौली घर फर्पिङ्गमा । त्यो बिजुली बजारको घर उनले बिक्री  गरेर बालकोट रोज भिलेज हाउजिङ्गमा किनेको हो । त्यो पनि क्यासिनोले सिध्यायो ।  एउटा घरबाहेक केही नभएको मान्छे हो । ४/४ वटा घर भएको हावादारी कुरा गरेर भ्रम फैलाएर मात्र हुन्छ ? त्यो ट्याक्सी चढ्दा मलाई मेरो बुबाले स्कुल, कलेज आफ्नै गाडीमा पुर्‍याउनु हुन्थ्यो । सात करोड जम्मा हुनुपर्‍यो पनि ७ करोड खर्च गर्नलाई । उसँग ७ करोड छ भने कहाँबाट आयो ? छानबिन गर्नुपर्छ । मेरो सम्पतिको छानबिनको कुरो आउँदा ।  त्यसले ७ करोड सकें भन्छ भने छानबिन गर्नु पर्दैन उसको चाहिं ? उसले क्यासिनोमा पैसा डुबाएर बाबुआमालाई उठिबास लगाएको छ । ४ भदौको नयाँ पत्रिकामा उसका आमाबुबाले पनि कति घर थिए प्रष्ट पारेका छन्  ।  मेरो वर्थ डे मा १२ लाख खर्च  खर्च गरेको भन्दै पागल जसरी मिडियामा बोलेको छ । अर्पण कोइरालाले कुन होटलमा विल तिरेको रहेछ ? देखाओस् ।  कुन होटलमा रहेछ आएर भन्न सक्छ ? अनि आफै कल्पना गर्नुस १२ लाखको बर्थ डे कस्तो हुन्छ भनेर ।  बुवाले बर्थ डे दिएको पैसा मैले  समाजसेवा खर्चेथें, मैले अहिलेसम्म एकपटक बर्थडे २ वर्ष अगाडि प्लाटिनममा मनाएकी थिएँ ।  साथीहरुले कर गरेर मैले गरें, मेरो खाताबाटै तिरेको थिएँ । कमसेकम पत्याउनेसम्म कुरा गरे एउटा कुरा ।  दाउद इब्राइमको मान्छेलाई म हातहतियार सप्लाई गर्छु , नेपाललाई यसको हेर्डक्वाटर बनाउनु पर्छ भनेर इमेल लेखेको प्रमाण मसँग छ । रिप्लाई पनि आएको छ । मेसेज मसँग छ
लण्डनमा संगै भएको समयमा अवश्य नै हामी दुईजनाबीच राम्रो सम्बन्ध थियो । नेपाल आउँदा प्राय: मेरो घरमा बस्ने गथ्र्याे । बुबाआमाले घरको छोराभन्दा बढी माया गरेर राख्नुभएको थियो । हामी पैसालाई महत्व दिने परिवार भएको भए त किन अर्पण कोइरालालाई त्यो सम्मान, ठाउँ दिनुपर्‍यो रु ऊ कहाको त्यस्तो पैसावाल थियो र ? काठमाण्डु आएपछि अर्पण कुलतमा फसेछ । क्यासिनो जाने, केटीहरुसंगको नराम्रो लतमा फसेछ र उसले मानिसहरुसंग चर्को व्याजमा पैसा लिने र मोजमस्ती गर्न थालेछ । परिवारका सदस्यसंग र आफ्नै परिवारलाई बाँकी भएको फर्पिङ्गको घर र उसको ठूलो मम्मीको कलंकीमा भएको घर धितो राखेर सबै पैसा उडाउन थालेछ । अर्पण कोइरालाको कुमारी बैंकको स्टेटमेन्टबाट हेर्दा  थाह पाउनुहेछ । उसले ग्राण्ड क्यासिनोलगायत विभिन्न क्यासिनोमा गरेको खर्चको रेकर्ड । यो कुराको खबर मैले उसको परिवार निकटबाट पाएपछि म लण्डनबाट नेपाल आएँ । उ मैरे घरमा थियो, म आएको रात ऊ सुत्ने कोठामा ब्राउन सुगर खाएको मैले रङ्गे हात पकडें । मलाई यति दु:ख कहिले लागेको थिएन । त्यही पनि मैले उलाई सुध्रिने मौका दिएँ । त्रिपुरश्वरस्थित डा. निराकारमान श्रेष्ठको क्लिनिकमा लगेर उसको उपचार गराएँ तर निकै गाह्रो भयो । ऊसले नेपालको पुनस्र्थापना केन्द्र बस्दिन भनेपछि मैले दिल्लीको मेहरावली भन्ने ठाउँमा  तुल्सी साइक्रीएटीक रिहाविलिटेसन,डिएक्डीक्सन सेन्टरमा मैले राखेको हो । डा. गौरव गुप्तालाई ९१११२६६४४०५० मा सम्र्पक गरेर बुझ्न सक्नुहुनेछ ।
किन टुट्यो अर्पण र मेरो सम्बन्ध ?
पुनस्र्थापना केन्द्र निकालेर ल्याए्पछि पनि उ एक महिनामै कुलतमा लाग्यो ।  कताबाट हुन्छ पैसा उठाएर उसलाई मोजमस्ती गर्नु पर्ने भयो । त्यस क्रममा उसले एक जना व्यक्तिसंग ६० लाख लिएका रहेछ  । त्यो तिर्न नसकेपछि उ नेपाल छोडेर भाग्यो, पछि फेरि ऊ कसैलाई थाहा नदिई पोखरा आए । र केही साथिहरु संग ग्राण्ड होटलमा रहेछ । आफ्नो पैसा उठाउन उनीहरुले पोखराबाट अर्पण कोइरालालाई लिएर आएछन् । इण्डियाबाट फर्केपछि उसले गर्ने अनैतिक क्रियाकलापबाट म अत्यन्तै दु:खी भएर रिलेशन तोडेको हो । दुव्यर्सनीमा लागेपछि सुधार्न खोजें, नसकेर छोडेकी छु । यस्तो केटासँग कसरी बस्न सकीन्छ ? भनेर नसकेरै छाडेको हो । केटीलाई नग्न अवस्थामा अर्पणसंग घरमा म र हामी दुवैलाई चिन्ने छिमेकी देखेपछि त्यही दिन मैले उनलाई  अब तिमिसँग साथी बन्न पनि बस्न सक्दिन भनेर हिंडेको हो । यसको बारेमा उसले आफैं नया पत्रिका दैनिकमा कबुलेको छ । मिडियामा उसको पैसा सकेर अर्कोसँग लागेकी भन्ने आशयका कुरा पनि पढें, तर उसलाई छाडेको ६ महिनापछि दिनेशसँग सम्बन्ध नजिक भएको हो । तपाई मेरो ठाउँमा हुनु भएको भए के गर्नु हुन्थ्यो ? कल्पना गर्नुस । यस्तासँग मेरो लाइफ नहुने निश्चित नै भएर छाडेको हो ।
उसले बताएजस्तो ७/८ वर्ष लामो प्रेम वा एक अर्काबिना बस्नै नसक्ने भनिएको सम्बन्ध केही  होइन । २००६ मा नार्कोनन नेपालले एउटा  ड्रग सचेतना अभियान गरेको थियो । म मिस टिन जितेपछि २००६ अन्तिमतिर महिनामा मलाई  प्रमुख अतिथिको रुपमा नार्कोनन नेपालमा बोलाइयो । ऊ त्यहाँ ड्रगबाट  छुट्कारा पाउन उपचाररत थियो । त्यसको १ वर्षपछि २००७ को अक्टुबर महिनामा मेरो उ लगायतसंग मैले दिने स्टुडेन्ट क्वालिटी सर्कलको ट्रेनिङको सन्दर्भमा चिनजान भएको थियो २००६ मा मिस टिन लगत्तै होइन । ऊ नार्कोनन नेपालको म उपाध्यक्ष थिएँसम्म भनेर मिडियामा अभिव्यक्ति दिएपछि त्यहाँका संचालक वसन्त कुँवंरले यो पटकको हिमाल खबर पत्रिकामा त्यो कुरा झुठो हो भनेर अभिव्यक्ति दिइसक्नु भएको छ । २००८ को अन्त्यतिर उ र मेरीबीचको मित्रता धेरै राम्रो भयो । उसमा केही गरौं भन्ने सोच देखेर मलाई खुशी लाग्थ्यो ।
उपचारका लागि हैन ठगेर फरार
कहिले व्यापार त कहिले बुबाआमाको उपचारका लागी इण्डियामा छु भन्ने अर्पण कोइराला उपचार गर्न होइन ।  फरार भएर क्यासीनोमा, र लागुपादार्थमा पैसा सकेर र अन्य मान्छेहरुको पैसा खाएकोले खोजेर फरार भएको हो । यसअघि काठमाण्डुबाट पोखरा भएको उसलाई पोखराबाट काठमाण्डु समातेर ल्याएका थिए । उसलाई थाह छ नेपाल बस्दा डुवाएकाहरुले त्यसै छोड्ने वालाछैनन् भनेर । त्यो काठमाण्डुमा त्यसले पैसा खाएका र डुवाएकाहरु १०० जना भन्दा कम छैनन् । उसको बारेमा जान्न चाहनुहुन्छ भने अन्नपूर्ण होटल गएर सोध्नुस भनिहाल्छन, कति नतिरी भागेको छ भनेर । फर्पिङमा प्रहरी कार्यलयमा उसको विरुद्ध उजुरी परेको छ । उसको पुख्यौली घरको छिमेकीको छोरीलाई ललाईफकाई सहकारी संस्थाबाट ८० हजार लिएर फरार भएको छ । फर्केर गएको छैन । नयाँबजारमा मेजेस्टीक ट्राभल एण्ड टुर गायत अन्य १ ट्राभलमा टिकटको पैसा नतिरेको खुलेको छ  । नेपाल राष्टँ  बैकमा कार्यरत एक कर्मचारीलाई कलंकीको एउटा घर धरौटी राखेर पैसा निकालेर ५० लाखमा धितो राखेर त्यसलाइ एकैछिनलाई धितो फुकुवा गरिदिनु भनेर अर्को ५० लाख खाएको  मान्छेलाई घर पास गरिदिएको  थियो  । यसले क्यासीनोमा कति डुवाएको त उसका नजिकका धेरैलाई थाह छ, कुमारी बैंकमा गएर बैक स्टेटमेन्ट हेरे थाह हुन्छ । कुमारी बैकको एकजना स्टाफको को समेत ५० हजार खाएर फरार छ ।
मेरो आफन्तको पनि ठुलो रकम लिएर फरार छ । मेरो बुबाको नाममा उसले दिएको २५ लाखको चेक बाउन्स भएको छ ।
यस्ता केस कति छन् कति । बुढानिलकण्ठमा किन्ने भनेर पन्चकन्या कोलोनी ( देउवा चोक ) मा बुवाआमा सहित सरेको तर घर किन्ने पैसा, कुलतमा  र ऐस आराममा उडाएपछि भाडा तिर्न पनि नसकेपछि घरबेटीसंग अनुरोध गरेर आफ्नो फर्निचर  र अन्य सामान घरबेटीलाई सुम्पेर त्यहाबाट  सरेका थिए (घरबेटीको रेकर्ड क्लिप सुन्न वा सम्र्पक गरेर बुझ्न सक्नुहुनेछ्  ) यस्ता घटना धेरै छन् । अर्पण कोइरालाले आफंै पनि दिनेश अधिकारीलाई मार्छु भनेर भनेको कुरा नेपाली पत्रिकामा छापिएको पत्रकार उमेश चौहानलाई दिएको अन्र्तर्वातामा स्वीकारेका छन् । मैले पहिलो दिनदेखि उसलाई मार्छु भनेको भनेर मिडिया र राज्यलाई जानकारी दिएको हो । एउटा मान्छेले यसरी कबुल्छ भने त्यस व्यक्तिलाई छानबिनको दायरामा ल्याउने कि नल्याउने ? पीडितको परिवारले छानबिन गरिदियोस् , यी व्यक्ति शंकाको घेरामा छन् भनेर राज्यलाई सुचना दिनु हाम्रो नर्सगिक अधिकार हो ।
दिनेश र मेरो सम्बन्ध
दिनेश अधिकारीलाई मैले राम्ररी चिनेको १४ महिना भयो । अर्पण कोइरालाको मार्फत चिने पनि अघिल्लो वर्षको असारबाट मैले अलि नजिकबाट चिन्ने मौका पाए । अर्पणसंग त्यो भन्दा ६ महिना अघिनै मेरो बोलचाल बन्द भएको थियो । सडक बालबालिकाको डकुमेन्ट्री बनाउने क्रममा भेट भएको बच्चाको कारणबाट हाम्रो चिनजान बढेको हो । उहाँको शालिनताले मलाई, मेरो परिवारलाई उहाँ राम्रो लाग्यो ।  उहाँले पारिवारिक सल्लाहमा राखेको प्रस्तावलाई म र मेरो परिवारले स्वीकारेको हो । उहाँसंग मेरो सम्बन्ध गासिदा कुनै पनि केश वा केही थिएन । अतितबारे हामीलाई थाहा भए पनि उहाँ व्यवसायिक र राजनीतिक रुपमा अगाडि बढ्न चाहनुहुन्थ्यो र त्यसमा मेरो पूर्ण समझदारी थियो । रत्नाकार डाँकु वाल्मिकि हुनसक्ने भए दिनेश अधिकारी परिवर्तन हुन नसक्ने भन्ने प्रश्न नै छैन । जहिले अतितलाई कोट्टाइराख्यो भने भविश्यमा कसरी अगाडि बढ्न सक्छ ? हामी र हाम्रो परिवार यो सम्बन्धबाट अत्यन्तै खुशी थियौं । उहाँसंग जोडेर लागेका सम्पत्तिबारेका र व्यापारीसंगका पैसा लेनदेनका सबै आरोपको म खण्डन गर्दछु र हामी हरेक छानबिनको लागी तयार रहेको जानकारी दिन चहान्छु ।  कसैले बोलेर हुन्छ, त्यत्रो रकमको दिँदा फाइनान्समा रेकर्ड त होला,  छ त  । मुखले भनेर मात्र हुदैन प्रमाण नि चाहिन्छ । कसैले यो दाबी गरेर आउँछ भने अगाडि आओस त्यसलाई म डिल गर्न तयार छु ।
सामाजसेवामा रुची
मैले नेपालजस्तो गरिब देशको नागरिकले अक्सफोर्ड  युनिभर्सिटीमा  ग्य्राजुएट र लण्डनकै किङ्स्टन युनिभर्सिटीमाबाट एमएस्सी गरे  । म एउटा नेपालीकी छोरी हु, यो तपाईहरुको लागी पनि गर्वको कुरा हुनसक्छ । सन २००० मा नेपाल प्रज्ञा प्रतिष्ठानमा लिटल लेडी २००० को क्राउन शिरमा लाउदै मैले भनेकी थिए, म मदर टेरेसा जस्तै भएर बाल बच्चा र वृद्ध वृद्धाको सेवा गर्नेछु । मैले बाल्यकालमा देखेको सपना थियो यो । त्यसलाई पछ्याउँदै म सन् २००६ मा काठमाण्डु जेसिसले आयोजना गरेको मिस टिन नेपालको विजेता बनेर फेरी मिस टिनको क्राउन लगाएँ ।

त्यसपछि  जीवनमा नयाँ आयाम आयो । मोडलिङ क्षेत्रमा त्यति रुची नभएकोले  खास मिडियामा उपस्थिति जनाइन तर एक वषैसम्ममा मैले केही राम्रा प्रोजेक्ट गरें । जस्तो उदितनारायण झाको  रुपौनी रानी बोलको गीतको म्युजिक भिडियो हित केही  भिडियो यथि एयरलाइन्स्, राष्ट्रिय बाणिज्य बैंकको विज्ञापन अनी संझन लायकको काम चै जापानको एनएचके टेलिभिजनको लागि १२ श्रृंखलाको डकुमेन्ट्री  गरे । सानै्देखि मेरो आफ्नो परिवारबाट समाज सेवा ठूलो धर्म हो भन्ने संस्कार पाएकोले ती सबै प्रोजेक्टबाट कमाएका २ लाख मैले सामाजिक कार्यमा खर्च गरे ।
क्यान्सर रिलीफ सोसाइटी, काठमाडौ जेसिस, कन्काई स्कुल सुरुङ्गालाई २५/२५ हजार र अरु केही वृद्धाआश्रमलाई सहयोग गरे । पैसाको अभावले आत्म हत्या प्रयास गरेका एक बालकलाई कान्तिपुर दैनिक मार्फत आर्थिक सहयोग गरे । यसरी मेरो यात्रा बढ्दै गयो । त्यतिबेला घर किर्तीपुरमा थियो । म ग्यालेक्सी पब्लिक स्कुल, काठमाण्डौ विश्व विद्यालय हुदै जेभिएर एकेडेमीबाट प्लस टु सकेकी हु ।  अहीले म सेल्टर नामक  संस्थार्फत बालबालिकालाई पढाउनेदेखि लालनपालन सवैको जिम्मेवारी लिइरहेकी छु ।  त्यसबाहेक म डेभ्लभमेन्ट सेक्टरको प्रतिष्ठित अन्तराष्ट्रिय संस्थाहरुमा इन्टरनेशनेशल कन्सल्टेन्टको रुपमा आबद्ध पनि छु । आफ्नो ठाउँबाट राष्ट्रका लागि पनि गरिरहेकी छु । भविष्यमा अझै यो क्षेत्रमा केही गर्नेछु ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us