यू–१६ का सदस्यलाई जनही २० हजार दिने क्यानको घोषणा

काठमाण्डु टुडे २०७१ भदौ ४ गते ११:०९ मा प्रकाशित

काठमाण्डु, ४ भदौ– नेपाल क्रिकेट संघ ‘क्यान’ ले एसीसी यू–१६ प्रिमियर क्रिकेटको उपाधि जितेको नेपाली टोलीका सदस्यहरुलाई जनही २० हजारका U-16-cricket1दरले पुरस्कार दिने घोषणा गरेको छ ।
खेलाडीहरुको प्रत्साहनका लागि नगद पुरस्कार दिन लागिएको क्यान सदस्य रञ्जित तामाङले काठमाण्डु टुडेलाई बताए ।

फाइनलमा नेपालले आयोजक मलेसियालाई बुधबार ३२ रनले हराउँदै उपाधि चुमेको थियो । नेपाली युवा टोली बिहीबार काठमाण्डु आइपुग्ने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us