काठमाण्डु, ४ भदौ– नक्कली फेसबुक आइडी बनाएर महिलालाई दुव्र्यवहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुली जलकन्या–२ घर भएका राजकुमार स्याङ्बो छन् । उनलाई प्रहरीको महानगरीय अपराध महाशाखा हनुमानढोकाको टोलीले बुधबार पक्रेको हो ।
प्रहरीका अनुसार स्याङबोले लामो समयदेखि नक्कली फेसबुक आइडी खोलेर युवतीहरुको अश्लिल तस्वीर वालमा राख्ने गरेका थिए ।
स्याङबोले नक्कली आइडी बनाउँदै फरकफरक महिलालाई विभिन्न आश्वासन दिएर नजिक ल्याउने र पछि उनीहरुकै प्रोफाइलमा अश्लील तस्वीर राखेर बाग्रेनिङ गर्ने गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
प्रहरीले स्याङबोलाई विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्धा चलाउने तयारी गरेको छ ।