वाणिज्य बैंकमा बढ्दो तरलता व्यवस्थापन चुनौतीपूर्ण

काठमाण्डु टुडे २०७१ साउन ३१ गते १५:०० मा प्रकाशित

काठमाण्डु, ३१ साउन–  वाणिज्यबैंकहरुमा बढ्दो तरलताको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएपछि त्यसकोप्रभाव उनीहरुको नाफामा देखिएको छ । सञ्चालनमा रहेका ३० मध्ये शनिवारसम्ममावित्तीय विवरण प्रकासित गरेका २८ वाणिज्य बैंकको कुल नाफा सात प्रतिशतमासिमित भएको छ । हिमालयन र राष्ट्रिय बाणिज्य बैंकले अहिलेसम्म विवरणसार्वजनिक गरेका छैनन् ।

बैंकहरुको कुल व्याज आम्दानीको वृद्धि कमभएपछि यसको प्रभाव नाफामा परेको हो । अघिल्लो बर्ष १६ अर्ब ७५ करोड रुपैयाँनाफा कमाएका २८ वाणिज्य बैंकको नाफा बढेर १७ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, बैंकको व्याज आम्दानी ३७ अर्ब ९२ करोड रुपैयाँबाट करिब छप्रतिशतले बढेर ४० अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्यालले व्यवसायको आकारगत बर्षभन्दा २० प्रतिशत वृद्धि भए पनि व्याज आम्दानी भने पाँचप्रतिशतभन्दा कम छ । बढ्दो तरलताको व्यवस्थापन हुन नसकेकोले समस्या देखिएकोउनले बताए ।

सिईओ पौड्यालले भने, बैंकहरुले तरलता व्यवस्थापन गर्न कडा प्रतिस्पर्धागनुपरेको छ, उनीहरुले कतिपय लोन प्रडक्टको व्याजदर सातदेखि साढे सातप्रतिशतसम्म बनाएका छन । त्यस्तै, तरलता व्यवस्थापनको लागि निक्षेपकोव्याजदर पनि घटाउन थालेका छन, अर्काे तर्फ बैंकसंग २० प्रतिशत निक्षेप आइडलरहन्छ, त्यसको लगानी गर्न आवश्यक उपकरण छैन ।

यही साउनदेखि राष्ट्र बैंकले निक्षेप रकर्जाको व्याजदर बीचको अन्तर (स्प्रेडदर) घटाएर पाँच प्रतिशतमा सिमितराख्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले यस्तो व्यवस्था लागू नगरेपनि तरलता व्यवस्थापन चुनौंतीपूर्ण बन्दै गएपछि बैंकहरुको स्प्रेड दर स्वतःघट्न थालेको उनले बताए ।

अघिल्लो बर्ष यी कुल बैंकको कर्जा निक्षेप अनुपात ७४.७७ प्रतिशत रहेकोमा यसबर्ष यस्तो अनुपात ७६ प्रतिशत पुगेको छ । तर पनि बैंकहरुले राष्ट्र बैंकलेतोकेको कर्जा निक्षेप अनुपात ८० प्रतिशतमा सिमित राख्दा पनि ४० अर्ब ९१करोड लगानी गर्न सकेका छैनन ।

त्यस्तै, बैंकहरुले राखेको कुल निक्षेपको २० प्रतिशत रकम अर्थात् दुई खर्ब छअर्ब रकम सरकारी ऋणपत्र तथा अन्तर बैंक कर्जाको रुपमा लगानी गर्न सक्छन ।तर दुवै उपकरणले अहिले ठूलो प्रतिफल दिन नसकेको पौड्यालले स्पष्ट पारे ।

२८ मध्ये दुई बैंक नोक्सानमा छन्, पाँच बैंकको नाफा घटेको छ । ग्राण्ड बैंकएक अर्ब ६० करोड नोक्सानमा छ, त्यसैगरी किष्ट बैंक २४ करोड रुपैयाँनोक्सानमा छ । बैंक अफ काठमाण्डु, जनता, कृषि बिकास, सनराइज बैंकको नाफाएकदेखि ७० प्रतिशतसम्म घटेको छ । एनसीसी, एभरेष्ट, नबिल, नेपालइन्भेष्टमेन्ट, नेपाल बंगलादेश बैंक गरि पाँच बैंकको नाफा छ प्रतिशतभन्दाकम छ ।

सानिमा बैंकका प्रमूख कार्यकारी अधिकृत भुवनकुमार दाहालले यसपटक रियलस्टेटको कारोबार केही बढेकोले लोन रिकभर हुन सकेकाले बैंकहरु नाफामादेखिएको बताए । उनले भने, रियल स्टेटको रिकभर नभएको भए समस्या पर्ने थियो।’

अहिले अधिकांश बैंकहरुले सम्भावित जोखिममा राख्नुपर्ने रकम कम भएकोलेनाफामा सुधार भएको उनले जानकारी दिए । तर व्याजदर घटेकाले लगानीकर्ताकोकर्जा लिने क्षमता बढेको र यसले खराब कर्जामा सुधार देखिएको एनएमबीकापौड्यालले बताए ।

बैंकहरुको अघिल्लो बर्षको तुलनामा गत आर्थिक बर्षमा राइटब्याक चारप्रतिशतले घटे पनि यो रकम चार अर्ब ५९ करोड रुपैयाँ छ । बैंकहरुकोप्रोभिजनिङ पनि चार प्रतिशतले घटेर आठ अर्ब ५८ करोडमा सिमित छ । बैंकहरुकोकुल कर्जामा खराब कर्जाको अनुपात औसतमा ३.२७ प्रतिशत छ भने खराब कर्जा वापतऔसतमा तीन सय ६१ प्रतिशत रकमको व्यवस्था गरेका छन ।

दाहालले बैंकहरुको पूँजी (चुक्तापूँजी र सञ्चिती)को वृद्धि दर उलेख्य भएपनि नाफा बढ्न नसक्नुले पूँजी व्यवस्थापन चुनौती बनिरहेको बताए । बैंकहरुकोचुक्ता पूँजी आठ प्रतिशतले बढेर ८२ अर्ब ३३ करोड रुपैयाँ र सञ्चिती ६२प्रतिशतले बढेर ४३ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।

राष्ट्र बैङ्कले तोके अनुसार कुमारी बैंक, लक्ष्मी बैंक, सिद्धार्थ बैंक, लुम्बिनी बैंक, एनसीसी बैंक, एभरेष्ट बैंक र बैंक अफ काठमाण्डूको यो अवधिमाचुक्तापूँजी दुई अर्ब रुपैयाँ पुगेको छैन । बैंकहरुको निक्षेप १९ प्रतिशत रकर्जा २१ प्रतिशतले बढेको छ । बैंकहरुको निक्षेप १० खर्ब ३२ अर्ब रुपैयाँ रकर्जा सात खर्ब ८४ अर्ब रुपैयाँ छ ।

बैंकहरुको रियल स्टेटमा भने कर्जा  लगानी बढ्न सकेको छैन । अघिल्लो आवकोतुलनामा गत आवमा बैंकहरुको यस्तो कर्जा २.१६ प्रतिशतले घटेर ५२ अर्ब ७७करोड रुपैयाँमा सिमित भएको छ ।

त्यस्तै सेयरको धितोमा दिइने कर्जा (मार्जिन लेण्डिङ) पनि ८२ प्रतिशतलेवृद्धि भएर १० अर्ब २२ करोड रुपैयाँ पुगेको छ । कुल कर्जामा बैंकहरुको रियलस्टेटमा ६.७२ प्रतिशत र मार्जिन लेण्डिङमा १.३० प्रतिशतले लगानी बढेको छ ।

बैंकहरुको सञ्चालन नाफा नौं प्रतिशतले बढेर २२ अर्ब १६ करोड रुपैयाँ पुगेकोछ । ग्राण्ड बैंकको सञ्चालन नोक्सान एक अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।त्यस्तै, छ बैंकको सञ्चालन नाफा घटेको छ ।

बैंकहरुको औसतमा पूँजी पर्याप्तता कोष अनुपात भने १२.३८ प्रतिशत छ । किष्ट, ग्राण्ड, नेपाल बैंक, माछापुच्छ्रे र एनएमबीको यस्तो अनुपात ११प्रतिशतभन्दा कम छ । बैंकहरुले कर्जा प्रवाहको लागि दिने आधार व्याजदरऔसतमा ८.४४ प्रतिशत छ ।

बैंकहरुको कर्जा निक्षेप बीचको व्याज अन्तर दर (स्प्रेड दर ) औसतमा ४.५९प्रतिशत छ । स्ट्याण्डर्ड चार्डर्ड र कृषि बिकासको यस्तो दर छ प्रतिशतभन्दाबढि छ । बैंकहरुको सेयर प्रतिफल (रिर्टन अन इक्विटी) नकारत्मक रहको दुईबैंक किष्ट र ग्राण्ड बैंक अलग्याउँदा अन्यको औसतमा १५.४४ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us