लिवियाबाट १ सय २६ नेपालीको उद्धार

काठमाण्डु टुडे २०७१ साउन ३१ गते १३:०० मा प्रकाशित

काठमाण्डु– हिंसाग्रस्त लिवियाको सिर्त सहरस्थित एक निर्माण कम्पनीमा कार्यरत १ सय २६ नेपाली कामदारको उद्दार गरिएको छ ।

libiya
त्रिपोलीमा रहेको भारतीय दूतावासको सहयोगमा उनीहरुलाई लिवियाबाट उद्दार गरी ट्युनिसिया ल्याइएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार त्यसमध्ये ५४ जना नेपाल आइसकेका छन् । भारतीय दूतावासले नेपालीहरुलाई ‘आउट पास’ लिन र त्यहाँबाट ट्युनिसियासम्म ल्याउन सहयोग गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us