युएइमा मृत्युदण्ड सुनाइएका लागि बचाउन ‘ब्लडमनी’ सरकारलाई हस्तान्तरण

काठमाण्डु टुडे २०७१ साउन ३० गते ११:३० मा प्रकाशित

काठमाण्डु, साउन ३० – अनिस खालिङ् राई बचाउ अभियान समितिले संयुक्त अरब इमिरेट्स (युएइ) मा मृत्युदण्डको सजाय पाएका अनिश खालिङ् राईलाई बचाउन चाहिने ‘ब्लडमनीे’ संकलन गरि नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

anish khalingस्थायी घर संखुवासभा मत्स्यपोखरी ३ निवासी अनिस खालिङ् राई वैदेशिक रोजगारीको सिलसिलामा दुवई पुग्दा उनलाई २०६८ सालमा यूयई दुवईको अवुधावी अदालतले ज्यान मारेको अभियोगमा मृत्युदण्ड सुनाएको थियो । राईलाई ब्लडमनी तिरेर मृत्युदण्डको सजायबाट उन्मूक्ति दिलाउनको लागि अवुधावी अदालतले दिराहम ३ लाख ५ हजार रकम तोकेको थियो ।

अनिस खालिङ् राई बचाउ अभियान समितिले रिपोर्टर्स क्लब नेपालमा शुक्रबार पत्रकार सम्मेलन गरेर ब्लडमनी तिरेर मृत्युदण्डको सजायबाट उन्मूक्ति दिलाउनका लागि अवुधावी अदालतले तोेकेको ३ लाख ५ हजार दिराहम ( ८० लाख ५९ हजार ९ सय ५० ) रकम जुटाएर वैदेशिक रोजगार प्रर्वद्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेलाई समितिका अध्यक्ष नारदकुमार राई र रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले संयुक्त रुपमा उक्त ब्लडमनी हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा समितिका संयोजक नारदकुमार राईले आफूहरुको ७ महिनाको लामो प्रयासपछि मृत्युदण्ड सुनाईएका नेपालीको उद्धार गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै यो अभियानको सुरुवातदेखि नै सहयोग पु¥याउन पहल गरेकोमा रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलालाई धन्यवाद समेत दिएका छन् । राईले भने–हामीलाई यो अभियानमा बाटो देखाउने भनेको रिपोर्टर्स क्लब नेपाल नै हो ।

हामीले अनिस खालिङ राई बचाउनकोे लागि शुरुमा यही रिपोर्टर्स क्लबको हलबाट उद्घोष शुरु गरेका थियौं आज ७ बर्षपछि यो अभियानले सार्थक रुप लिएको छ । अब अनिस सकुशल नेपाल फर्कदैछन् ।

त्यस्तै रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले सवै नेपालीहरुले दिलोेज्यानले सहयोग गर्दा आज एउटा नेपालीले नयाँ जीवन पाएको भन्दै अनिस खालिङ्लाई सहयोग गर्ने सवै तह तप्काकालाई धन्यवाद ज्ञापन गरेका छन् । उनले भने–सवैको सहयोग र समर्थनका कारण आज हामीले यूयइको अदालतले तोकेको त्यत्रो ब्लडमनी संकलन गर्न सक्यौं । त्यसैले हामी नेपालीहरुले चाह्यौं भने के गर्न सक्दैनौ र ? यो सवै नेपालीहरुका लागि खुसीको कुरा हो ।

वैदेशिक रोजगार प्रर्वद्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले मृत्युदण्डको सजाय पाएका अनिसलाई बचाउन नेपालीहरुले खेलेको भूमिकाको प्रशंसा गर्दै अब छिट्टै उनलाई नेपाल ल्याउन सरकारले पहल गर्ने बताएका छन् । काफ्लले यूयईको अदालतले तोकेको ब्ल्डमनी संकलन भैसकेको सरकारले पहल गर्नुपर्ने बताउँदै त्यसको लागि आफूहरु पराष्ट्रमन्त्रीसँग छलफल गर्ने जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us