कोरियन भाषा परीक्षाको आवेदन भोलिदेखि

काठमाण्डु टुडे २०७१ साउन २७ गते १:५३ मा प्रकाशित

काठमाण्डु, २७ साउन– कोरियन भाषा परीक्षाका लागि बुधबारदेखि आवेदन खुला हुने भएको छ ।

परीक्षा दिनेले आगामी शनिबारसम्म आवेदन फाराम बुझाइसक्नुपर्नेछ । यसपटक उपत्यकामा तीन र बाहिर चार ठाउँबाट आवेदन फारम बुझाउन सकिने व्यवस्था छ ।
रोजगार अनुमति प्रणाली इपीएसअन्तर्गत काम गर्न कोरिया जान अनिवार्य रुपमा कोरियन भाषा परीक्षा पास गर्नुपर्छ । कोरिया वैदेशिक रोजगारीको आकर्षक गन्तव्य हो ।

नेपाली कामदारले कोरियामा मासिक एकलाख भन्दा बढी कमाउँछन् ।  उपत्यकामा एक्मी इन्जिनियरिङ कलेज सीतापाइला, ल्यावरोटरी स्कुल कीर्तिपुर, च्यासल फुटबल खेलमैदान बालकुमारीबाट आवेदन फाराम बुझाउन सकिनेछ ।

उपत्यकाबाहिर पोखरा, धरान, बुटबललगायतका स्थानबाट आवेदन दिन पाइन्छ ।
अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us