श्रीलंकाका राष्ट्रपति नेपाल आउन आतुर

काठमाण्डु टुडे २०७१ साउन २७ गते १:४३ मा प्रकाशित

काठमाण्डु, २७ साउन–श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० को मंसिरमा हुने १८ औं शिखर mahinda raja pakchheसम्मेलनमा नेपाल आउन आफू आतुर रहेको बताएका छन् ।

उनले नेपालमा हुन लागेको सार्क शिखर सम्मेलनमा अन्तरदेशीय ‘कनेक्सन’ र युवाहरुको वृत्तिविकासमा सदस्य राष्ट्रहरुले जोड दिनपर्नेसमेत बताएका छन् । सार्क महासचिव अर्जुनबहादुर थापालाई सोमबार राष्ट्रपति भवनमा भेट दिँदै राजापक्षले उक्त धारणा व्यक्त गरेका हुन् ।

परिचयात्मक भ्रमणका क्रममा सार्कका महासचिव थापा आइतबार श्रीलंका पुगेका थिए । महासचिव नियुक्त भएपछि सबै सदस्य राष्ट्रमा परिचयात्मक भ्रमण गर्ने प्रचलन छ । भेटमा राजापक्षले सार्कमा ‘कनेक्टिभिटी’ आवश्यक रहेको बताउँदै यसक्षेत्रका धार्मिक र सांस्कृतिक केन्द्र सडक वा हवाई मार्गबाट जोडिनु अत्यावश्यक रहेको बताएका छन् ।
यस क्षेत्रका युवाहरुको वृत्ति विकास र उनीहरुबीचको अन्तरक्रियामा समेत उनले जोड दिएको विज्ञप्तिमा उल्लेख छ । युवाहरुको समस्यालाई ख्याल गर्नुका साथै उनीहरुबीचको अन्तरक्रिया र सम्पर्क महत्वपूर्ण रहेको राजापाक्षेले बताएका छन् ।

भेटमा सार्कको विकास र आर्थिका क्षेत्रमा सार्कले गर्न सक्ने कामलगायतका विषयमा छलफल भएको थियो ।
कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us